विदेशमा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुका लागि बिर्तामोडमा झापामै पहिलो पटक कोरियन शैक्षिक मेला सम्पन्न भएको छ ।

दक्षिण कोरिया पढ्न जाने विद्यार्थीहरुका लागि डिक्युगं युनिभर्सिटीका प्रोफेसरहरुद्धारा आज बुधबार बिर्तामोडको सिटि सेन्टरमा सेमिनारको आयोजना गरिएको स्टडी पार्क बिर्तामोडका सञ्चालक उदय काफ्लेले जानकारी दिए ।

शैक्षिक परामर्श उपलब्ध गराउँदै आएको स्टडी पार्क बिर्तामोड ,राइट एजुकेशनल सर्भिसेस र हेङिल लर्निङ सेन्टरको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा कोरियाबाटै आएका युनिभर्सिटीका प्रोफेसरहरद्धारा कोरियाको शैक्षिक वातावरण, नेपाली विद्यार्थीहरुले पाउने अवसर, त्यहाँको रहन सहन लगायतका बिषयमा कोरिया जान चाहने नेपाली विद्यार्थीहरु सहभागी भएका थिए ।

  प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा न्यूटन्स एजुकेशन एकाडेमीका प्रधानाध्यापक देबेन्द्र हुमागाई, राईट एजुकेसनलका प्रबन्ध निर्देशक नवीन बोहोराले विद्यार्थीलाई बुझेर मात्र वैदेशिक अध्ययनमा जान सुझाएका थिए । कार्यक्रममा ४ सय भन्दा बढी विद्यार्थीले सहभागीता जनाएका थिए । स्टडी पार्कका निर्देशक सरोज पौडेलले स्वागत गरेको कार्यक्रमको संचालन संचारकर्मी हरि बरालले गरेका थिए ।