बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनको आयोजनामा बिर्तामोडमा सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।  

(प्याब्सन) बिर्तामोड नगर समितिको आयोजनामा यहि मंसीर १३ र १४ गते बिर्तामोडमा सांस्कृतिक कार्यक्रम गरिने जनाइएको छ । नगर समितिले वर्षेनी यस्तै प्रकारको कार्यक्रम गर्दै आएको बताइएको छ । 

सांस्कृतिक कार्यक्रममा बिर्तामोड नगरका  ४८ वटा विद्यालयको सहभागिता रहने प्याब्सन बिर्तामोड नगर समितिका अध्यक्ष उत्तम खनालले जानकारी दिए । 

उनका अनुसार उमेर र समूह अनुसार नृत्य र गायनमा विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने छन् ।  बालबालिकाको क्षमता र प्रतिभालाई उजागर गर्नमा सहयोग पु¥याउन  प्याब्सनले प्रत्येक बर्ष यस्ता कार्यक्रम गर्दै आएको र यस्ता कार्यक्रमले विद्यार्थीको रुचि र क्षमता बढवामा मद्धत पुग्ने प्याब्सन नगर सहसचिव देबेन्द्र हुमागाईको भनाई छ । 

उनका अनुसार नृत्य र गायन प्रतियोगितामा बिर्तामोड भरिका करिब २ हजार ५०० विधार्थीको सहभागिता रहने अनुमान गरिएको छ । कार्यक्रम सम्पन्न गर्न २ लाख ७० हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । 

नगरमा उत्कृष्ट हुने प्रतियोगी तथा समूहले जिल्लाको कार्यक्रममा सहभागिता जनाउने प्वासन नगर समिति सचिव सुरेन्द्र खरेलले जानकारी दिए ।