‘सहारा सिङ्गिङ आइकन २०२३’ को उपाधी कञ्चनजङ्घा इंङलिस स्कुलका छात्र आयुस घिमिरेले हात पारेका छन् । उनले  १७ हजार नगद  र प्रमाणपत्र प्राप्त गरेका छन् । 

आज मङ्लबार बिर्तामोड २ स्थित सहारा नेपाल साकोसको सभाहलमा भएको गायन प्रतियोगिताको फाइनलमा   मोहनमाया माविका छात्र मित्रराज भारती दोस्रो भएका छन् । उनले १३ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै   न्युटन्स एजुकेसन एकेडेमीकी छात्रा रुबि पाठकले तेस्रो हुंदै नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक युनिता दबाडीले बताइन् । 

बिर्ता लेडी जेसिजकी कानुनी सल्लाहकार दबाडीले स्वागत गरेको कार्यक्रमको औचित्माथि प्रकाश बिर्ता लेडी जेसिजकी नि वर्तमान अध्यक्ष संगिता चिमरीयाले पारेकी थिइन् ।  

2 jci

सहारा नेपाल साकोसको प्रायोजन र बिर्ता लेडी जेसिजको  आयोजनामा भएको प्रतियोगिताको फाइनलमा ११ जना विद्यार्थी सहभागि थिए । झापा जिल्लाका विभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै ३८ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।  हिजो भएको प्रथम छनौट प्रतियोगितामा २७ जनालाई पछि पारेर आज फाइनलमा ११ जनाले प्रतिष्पर्धा गरेका थिए ।

सहारा साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता बिर्ता लेडी जेसिजकी अध्यक्ष संगिता गिरीको रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि गिरी, नेपाल जेसीजको पूर्व र्कायकारी उपाध्यक्ष तथा झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, नेपाल जेसीज उपाध्यक्ष स्वस्तिका आचार्य ,वीरता लेडी जेसीज संस्थापक अध्यक्ष शारदा रिजाल, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी सुरज कार्की, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, सञ्चारिका समूह झापाकी अध्यक्ष लिला अनमोल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन लेडी जेसीजको महासचिव निशा शाक्यले संचालन गरेकी थिइन । प्रतियोगिताको निर्णायकमा जोनी योञ्जन र तुलसा पाठक रहेका थिए ।