सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले महिलाहरुलाई उत्पादनमुलक कार्यमा अगाडि बढाउन आवश्यक रहेको औंल्याएका छन् ।
सहारा नेपाल साकोसको प्रायोजन तथा बिर्ता लेडी जेसिजको आयोजनामा आज मङ्लबार समपन्न ‘सहारा सिङ्गिङ आइकन २०२३’ को फाइनल प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले उद्यम व्यवसायमा महिला सहभागिता बढाउन उचित वातावरण तयार गर्नुपर्नेमा जोड दिएका हुन् ।
महिलालाई उद्यमशीलताको बाटोमा डो¥याउन लेडी जेसीजलाई गिरीले आग्रह गरेका हुन् । उनले नेपालमा महिला उद्यमशीलता विकास गर्ने प्रशस्त सम्भावना भए पनि ज्ञान र आत्मविश्वासको कमी, पुँजी र दक्षताको अभावलगायतका कारण पछि परेको उल्लेख गरे ।
गिरीले सन् २०२१ देखि वीरता लेडी जेसीज र सहारा बीच रहेको सहकार्यलाई आगामी वर्ष पनि निरन्तरता दिने प्रतिवद्धता जनाउंदै जेसीजहरुले उत्पादनशील तर्फ पनि ध्यान दिएर रोजगारीको बाटो खोल्नुपर्नेमा जोड दिए ।
उनले लेडी जेसीजले जेसीज सदस्यहरूको हितका लागि अक्षयकोष स्थापना गर्न आवश्यक रहेको औंल्याए । उनले लेडी जेसीजले अक्षय कोष स्थापनाको काम अगाडि बढाए त्यसकालागि आफु १ लाख रुपैंया सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
उनले कार्यक्रमलाई सम्बोधन गर्दै सहाराले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न १ लाख युवा सदस्य बनाउने लक्ष्य लिएको समेत उल्लेख गरे ।
सदस्य विस्तार अभियानमा जोडिन जेसीज युवालाई उनले आग्रह गरेका छन् । साहराले युवाहरूलाई अतिरिक्त क्रियाकलापमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले ५० वटा युथ एकेडेमी बनाउने निर्णय गरेको समेत जानकारी दिए । साथै उनले आपत्त बिपत्तको समयमा तुरुन्तै सहायता उपलब्ध गराउन सक्ने गरी इमरजेन्सी रेस्पोन्स सेन्टर स्थापना गर्ने घोषणा समेत गरेका छन् । जसकालागि सरोकारवाला निकाय संग सहकार्य र समन्वय गरिने उनले बताए ।
उनले झापामा एककालागि एक अभियान मार्फत धेरै काम गरिएको स्मरण गर्दै सामाजिक कार्यमा सदैब अग्रसर हुने पर्ने बताए । गिरीको परिकल्पनामा संघ संस्था र सरोकारवालाहरुसंग सहकार्य गरी कोभिडको समयमा झापामा एककालागि एक अभियानको स्थापना गरी पीसीआर ल्याब, प्लाजमा बैंक, अक्सिजन बैंक स्थापना संगै भोकै भएकालाई खाना खुवाउने काम र राहत समेत प्रदान गरिएको थियो ।