बिर्तामोड । पूर्वी नाकाबाट प्रहरीले भन्सार छलेर ल्याइएको कपडा बरामद गरेको छ । आज सांझ जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं १५ किसन कामत टोलबाट भन्सार छलेर ल्याइएको कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरिएका अधिकांश बच्चाको कपडा छन् । कपडा १०८ पिस, बच्चाले लगाउने टाउजर ३६ पिस, बच्चाले लगाउने मोजा ५३० जोर, केटाले लगाउने मोजा १२० जोर, तौलिया १० पिस बरामत गरिएको छ ।
अवैध रुपमा ल्याइएको १ लाख ६३ हजार ५ सय बराबरको कपडा नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।