सुरुङ्गा । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ संगमचोकस्थित चारआलीका १३ बर्षिय सुशन विश्वकर्मा (लकान्द्री) को उपचारमा आर्थिक अभाव भएको छ । 

ब्रेन ट्युमरबाट पीडित लकान्द्री को उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोग गरिदिन परिवारले सवैमा अनुरोध  गरेको छ ।

विपन्न परिवारका सुशनको उपचारमा २०–२५ लाख रुपैयाँ खर्च भइसकेको जनाइएको छ । उनको उपचारमा अझै १० लाख वढी  खर्च लाग्ने भएकाले सहयोगका लागि सवैमा आग्रह गरेको हो । 

दुई छोरी र तीन छोरा मध्येका कान्छा छोरा सुशन  गत चैतदेखि बिरामी परेर उपचार गराइरहेको  आमा बिमला विश्वकर्माले बताइन् । 

ब्रेन टुमर पहिलो स्टेजकै भएकाले उपचाररत सुमनको अवस्थामा सुधार आइरहेको उनको भनाई छ । तर थप उपचारकालागि  आर्थिक अभावका कारण समस्या भएको उनले बताइन् । सुशन कनकाई–३ को देवकोटा एजुकेशन फाउण्डेशनमा कक्षा–७ मा अध्ययनरत बिद्यार्थी हुन् । 

उनी भरतपुर क्यान्सर अस्पतालमा उपचारत छन् ।  बालक शुसनको उपचारमा स्थानीय समाजसेवी शेरबहादुर थापाले पनि केहि रकम सहयोग गरेका छन् । साथै उनले अन्य दाता तथा सहयोगी हातहरुलाई शुसनको उपचारमा आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । बिरामी सुशनका बुबा ठगप्रसाद विश्वकर्मा पनि प्रेसर तथा सुगरका कारण बिरामी छन् ।  

संगमचोकस्थित चारआलीमा रहेको १० धुर जग्गामा बनेको सामान्य घरमा जनमन गरेर जिविको पार्जन गर्दै आएको विश्वकर्मा परिवारको दहनीय अवस्था भएकाले सवैले सकेको सहयोग गरिदिन सामाजिक ब्यक्तित्व  थापालेसमेत आग्रह गरेका छन् । 

एनको उपचारमा सहयोग गर्न चाहनेले नेपाल बैंक लिमिटेड सुरुङ्गा शाखामा बिरामी सुशनका दाजु समिर कामीको नाममा रहेको खाता नम्बर १४७०१००७२२००३२०००००१ मा सहयोग गर्न सकिने छ भने फोन नम्बर ९८०१४६१६९७ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिनेछ ।