झापाको बिर्तामोडमा लैंगिक हिंसाको रोकथाम तथा न्यूनिकरण सम्बन्धि एक दिवशिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

आज बिहिबार उद्यमशिल महिला संघ झापाको आयोजनामा बिर्तामोडमा महिला हिंसा सम्बन्धी अन्तरक्रिया गरिएको हो । 

महिला हिंसाविरुद्धको कानूनी शिक्षा दिने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको उद्यमशिल महिला संघ झापा अध्यक्ष पार्वता खरेल बिमलीले जानकारी दिइन् । 

सहभागिलाई  प्रशिक्षण साथै महिला हिंसाका घटना तथा तथ्याङ्क इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले प्रस्तुत गरेका थिए ।  

arko pic

कार्यक्रममा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मी लगायतले लैंगिक हिंसा जरैदेखि अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । साथै उनीहरुले हिंसाका कारण परिवार र समाजमा नकारात्मक असर पुगेको बताएका थिए । 

संस्थाको बरिष्ठ उपाध्यक्ष निरमाया पुलामीले स्वागत गरेको कार्यक्रमको औचित्माथि संस्थाको सल्लाहकार  भिमा शिवाकोटीले प्रकाश पारेकी थिइन् । 

 संस्थाको अध्यक्ष पार्वता बिमलीको अध्यक्षतामा भएको  कार्यक्रमको  सञ्चालन संस्थाको महासचिव यसोदा प्रसाई भट्टराईले गरेकी थिइन् । 

pic hindsa

साथै कार्यक्रममा सहभागि व्यवसायी तथा राजनीतिक दलका प्रतिनिधिलाई समाजमा भइरहने महिला हिंसाको न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने जिज्ञासा राखिएको थियो । 

संस्थाको सदस्य संगिता चिमरियाले सहजीकरण गरेको उक्त अन्तरक्रियामा व्यवसायीको तर्फबाट चेम्बर अफ कर्मशका ओमकृष्ण बिमली, मानवअधिकारका तर्फबाट डा. रुपक खनाल, एकल महिला झापा अध्यक्ष रेखा अधिकारी, एबिसि नेपालको महासचिव देविका बस्नेत लगायतले आफ्नो सल्लाह सहितको सुझाब राखेका थिए । 

त्यस्तै दलको तर्फबाट नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, राप्रपा नगर अध्यक्ष रन्जस प्याकुरेल, कांग्रेस नगर सभापति भोजराज सिटौला, माओवादीका तर्फबाट उपाध्यक्ष जेवी जवेगु लगायतले आफ्नो धारणा तथा सुझाब राखेका थिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी , नारी सञ्चार गृह झापा अध्यक्ष रेजीना रोदन, नेपाल जेसीजको उपाध्यक्ष स्वस्तीका आर्चाय, सञ्चारीका समुह झापा अध्यक्ष लिला अनमोल सहित बिभिन्न  महिला समूह र स्थानीय  टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, बिभिन्न संघ संस्था सहित बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

साथै सरुवा भएर जान लाग्नु भएका झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई सोहि कार्यक्रममा बिदाई समेत गरिएको जनाइएको छ ।