निजी तथा आवशीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बिर्तामोड नगरको आयोजनामा भएको दुईदिने सांस्कृतिक कार्यक्रम समापन भएको छ ।
बिर्तामोडस्थित कोहेड बिद्यालयमा बुधवारबाट सुरु भएको नगर स्तरीय नृत्य तथा गायन प्रतियोगिता २०८० कार्यक्रम आज बिहीवार समापन भएको हो ।
आज भएको कार्यक्रममा कक्षा ९ देखि १२ सम्म सांस्कृतिक नृत्यतर्फ बेल्स मोडल स्कुल र कोहेड स्कुल प्रथम भएका छन् ।
त्यस्तै कन्चनजंघा माबि दोस्रो र चिल्ड्रेन इन्भाइरोमेन्ट बोडिङ स्कुल तेस्रो भएका छन् ।
आधुनिक नृत्यतर्फ कक्षा १ देखि ५ सम्म बेल्स मोडल स्कुल प्रथम, चिल्ड्रेन इन्भाइरोमेन्ट बोडिङ स्कुल दोस्रो र कन्चन बोडिङ स्कुल तेस्रो भएका छन् । कक्षा ६ देखि ८ सम्मको राष्ट्रिय नृत्यतर्फ न्यूटन्स एजुकेशन एकाडेमी प्रथम, बुद्धस्मृति स्कुल दोस्रो र चिल्ड्रेन इन्भाइरोमेन्ट बोडिङ स्कुल तेस्रो भएका छन् ।
त्यसैगरी १२ बर्षमुनिको गायनतर्फ निजि इग्लिस स्कुल प्रथम, तक्षशीला इग्लिस बोडिङ स्कुल दोस्रो र कन्चनजंघा तेस्रो भएका छन् । १२ बर्ष माथिको गायनतर्फ कन्चन स्कुल प्रथम, कन्चनजंघा दोस्रो र तक्षशीला तेस्रो भएका छन् । कक्षा ११ र १२ गायनतर्फ कन्चनजंघा माबि प्रथम, एमीटी माबि दोस्रो र कोहेड स्कुल तेस्रो भएका छन् ।
प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनालको अध्यक्षतामा तथा मेची क्याम्पसका प्राध्यापक केशव प्रसाईको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो ।
प्याब्सन बिर्तामोड नगर सह–सचिव तथा न्युटन्स एकाडेमी एजुकेशनका प्रिन्सिपल देबेन्द्र हुुमागाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्याब्सन नगर सचिब सुरेन्द्र खरेलले गरेका थिए ।
बुधवार शुरु भएको सांस्कृतिक कार्यक्रम अन्तरगत कक्षा १ देखि ५ सम्मका बिद्यार्थीले सामुहिक नेपाली आधुनिक नृत्य र कक्षा ६ देखि ८ सम्मका बिद्यार्थीले सामुहिक राष्ट्रिय नृत्य प्रस्तुत गरेका छन् ।
त्यस्तै आज पहिलो चरणमा १२ बर्षमुनिका र १२ बर्ष माथिका बालबालिकाले गायन प्रस्तुती रहेको थियो । त्यसैगरी कक्षा ९ देखि १२ सम्मका बिद्यार्थीको सांस्कृति नृत्य, कक्षा ११ र १२ का बिद्यार्थीको गायन प्रतियोगिता भएको नगर सह–सचिव हुमागाईले जानकारी दिए । नगरमा उत्कृष्ट हुने बिद्यार्थी तथा समुहले दमकमा हुने जिल्ला स्तरीय कार्यक्रममा आगमी पुस १ र २ गते सहभागीता जनाउने बताइएको छ । आजको प्रतियोगिताको निर्णायक मण्डलीमा गायततर्फ अनुप दियाली र चण्डी साम्पाङ थिए भने नृत्यतर्फ देबराज खड्का र सुमन योगी रहेका थिए ।
प्रतियोगितामा बिर्तामोड नगर प्याब्सनमा आवद्ध निजि बिद्यालयहरुको सहभागीता रहेको जनाइएको छ ।