बिर्तामोड : बिर्तामोडमा रहेको न्यूटन्स् एजुकेशन एकाडेमीमा  नेशनल सस्टेनेबल टुरिजम क्लब गठन गरिएको छ ।  टुरिजम रिसर्च एण्ड ट्रेनिङ सेन्टरको समन्वय तथा ंन्यूटन्स्  स्कुलको आयोजनामा सो क्लब गठन गरिएको जनाइएको छ । 

पर्यटन विकास बोर्ड तथा यु. एन. डि. पि. को सहकार्यमा विद्यालय स्तरका किशोर किशोरीबीच पर्यटन प्रबर्द्धनका क्षेत्रमा सचेतना प्रवाह गरी क्षमता अभिबृद्धि गर्ने उद्धेश्यका साथ सो क्लब गठन गरिएको विद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईले जानकारी दिए । 

विद्यालयको शिक्षक पबित्रा पौडेलको संयोजकत्वमा गठित क्लबको सदस्यहरुमा साहना न्यौपाने, शृयसी कार्की ,साईरक मैनाली ,दिब्या पौडेल ,सुलभ कार्की ,पुजा ताम्लिङ , आयुसा कार्की ,बिष्णु जैसवाल  र सत्कार खतिवडा चयन भएका छन् । क्लबको संरक्षकमा भने बिद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाई  रहेका छन् । 

IMG_0965

विद्यार्थीको पहुँच र क्षमतालाई केन्द्रसम्म पुर्याउने उद्धेश्यले नेशनल सस्टेनेबल टुरिजम क्लबसमेत गठन गरिएको  टि.आर. टि. आई.का नेशनल स्कुल को–अर्डिनेटर लक्ष्मीप्रसाद बुढाथोकीले जानकारी दिए । उनले विद्यालयको सहकार्यमा कोशी प्रदेशको पर्यटन र सम्भावना बिषयमा वक्तृत्वकला प्रतियोगिता समेत संचालन गरिएको बताए । वक्तृत्वकला प्रतियोगितामा कृषा न्यौपाने प्रथम, दिब्या पौडेल द्धतिय र श्रेयसी कार्की तृतय भएका छन् ।  

बिद्यालय ब्यबस्थापन समिति सदस्य मन्जु राईको अध्यक्षता भएको कार्यक्रममा स्वागत बिद्यालयका प्रधानाध्यापक हुमागाईले गरेका थिए । 

कार्यक्रममा बिर्तामोड नगर प्याब्सन  अध्यक्ष उत्तम खनाल ,सचिब सुरेन्द्र खरेल ,दिपक चौलागाईं ,रन्जित शाह लगायतको उपस्तिथि रहेको थियो ।