अर्जुनधारा  : पुर्वको पशुपतीनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा अनुष्ठान हुने भएको छ । बाला चतुर्दशीको अवसर पारेर धाममा मंसिर १७ गतेदेखि नौ दिनसम्म ४१ औँ वार्षिक अनुष्ठान आयोजना गर्न लागिएको आज शुक्रबार बिहान आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । 


धामले हरेक वर्ष धार्मिक अनुष्ठान आयोजना गर्दै आएको धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले जानकारी दिए ।  अनुष्ठानलाई ऐतिहासिक बनाउने उद्देश्यले श्रीमद् देवीभागवत ज्ञान महायज्ञ पनि आयोजना गरिएको धामका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए । 

अनुष्ठानमा पतञ्जलि योगपीठ हरिद्धार भारतका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण पनि सहभागी हुने बताइएको छ । 

अध्यक्ष गट्टानीका अनुसार आचार्य बालकृष्ण मंसिर २४ गते धाममा आउने छन् ।  आचार्य बालकृष्णले खडेबाबा स्मृति उद्यानको उद्घाटन गर्ने बताइएको छ । 


धामका कोषाध्यक्ष मनोज जोशीका अनुसार अनुष्ठानमा अनुमानित ४० लाख खर्च हुने र एक करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ ।