बिर्तामोड ।
झापाको बिर्तामोडमा सञ्चालित मनमोहन मेमोरियल सामुदायिक अस्पतालले फोहोर व्यवस्थापनका लागि नयां प्रविधियुक्त इन्सिनरेटर जडान गरेको छ ।
अस्पतालको बिर्तामोड– २ मा रहेको आफ्नो जमिनमा उक्त प्रविधिको संरचना जडान गरेको हो । इन्धन र विद्युत विनै सञ्चालन हुने जडान गरिएको फोहोर नष्ट गर्ने इन्सिनरेटरको एक कार्यक्रमका बिच आज शनिबार बिहान परिक्षण समेत गरिएको छ ।
जनप्रतिनिधिहरुको उपस्थितिमा उक्त मेशिन परीक्षण गरिएको हो । संक्षिप्त कार्यक्रमकाबिच बिर्तामोड नगर प्रमुख पवित्रा महत्तरा प्रसाईले मेशिनको उद्धघाटन गरेकी छन् ।
उनले उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त प्रविधिको मेशिनको उपयोगिता र प्रभावकारीता हेरेर नगरले पनि उत्पादित फोहोर व्यवस्थापनमा सोचिने बताइन ।
फोहोर व्यवस्थापन गर्न पूर्वाधार सहित करीब २० लाखको लागतमा नयाँ प्रविधि भित्राइएको अस्पतालका सञ्चालक रोमणी भट्टराईले बताए । यस मेशिनले फलाम र सिसा बाहेक अन्य अस्पतालबाट निस्कने फोहोर नष्ट गर्ने जनाइएको छ ।
कार्यक्रममा मेचिनगर नगर प्रुमख गोपाल बुढाथोकी, गौरादह नगर प्रमुख छत्रपत्ती सुवेदी , अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुली, बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, ७ का कृष्ण अबिरल खरेल, ५ का रोहित प्रसाई , १ का अग्नी पाण्डे लगायतको उपस्थिति रहेको थियो ।