बिर्तामोड : 

झापाको बिर्तामोड–४ स्थित पुरानो भद्रपुर रोडमा रहेको  श्री प्राणनाथ सामुदायिक सत्सङ्ग भवनमा  श्रीमत्तारतम ब्रह्मवाणी चर्चा एवम् श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

 यही मंसिर २३ गते २९ गतेसम्म सत्सङ्ग भवनको आयोजनामा सप्ताहव्यापी ज्ञान महायज्ञ हुने लागेको हो । सत्सङ्ग भवनको प्रबद्र्धनसँगै विश्व शान्तिको कामनासाथ ज्ञान महायज्ञ आयोजना गर्न लागिएको आज शनिबार सत्सङ्ग भवन परिसरमा आयोजित पत्रकार भेटघाटका क्रममा श्री प्राणनाथ सामुदायिक सत्सङ्ग भवन समिति युवा परिसद अध्यक्ष खगेन्द्र कुँवरले बताए । 

गुरुजी श्री १०८ मोहनप्रियाचार्यजी महाराज मंगलधाम कालेपुङ तथा सन्तशिरोमणि स्वामी श्री १०८ सदानन्दजी महाराज भारतको वृन्दावन र मुक्तिधाम इटहरीका गादीपति श्री १०८ कृष्णदासजी महाराजको आगमन हुने मूल आयोजक समितिका संयोजक लक्ष्मी पाठकको भनाई छ । 

2 mandir

श्रीमत्तारतम ब्रह्मवाणी चर्चा विदुषी सुश्री पुजन शिखाज्यू र कथा ब्यास स्वामी श्रीराजदासजी महाराजले गर्ने जनाइएको छ । मंसिर २३ गते कलश यात्रा नगर परिक्रमा पछि हुने महायज्ञको उद्घाटन झापा क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गर्ने कार्यक्रम तय भएको श्रीकृष्ण प्रणामी नेपाल युवा परिषद् कोशीका अध्यक्ष तथा प्रचार–प्रसार समितिका संयोजक अनिल ढुंगानाले जानकारी दिए । 

सत्सङ्ग भवनको थप निर्माण, अपुग जग्गा व्यवस्थापन लगायतका मूल उद्देश्यका साथ आयोजना गर्न लागिएको महायज्ञमा करिब २५ लाख रुपैयाँ खर्च हुने र एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको मन्दिरका अध्यक्ष प्रेमप्रसाद कडरियाले बताए । 

मूल आयोजक समितिका अध्यक्ष लक्ष्मी पाठकको अध्यक्षतामा भएको कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्माको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्यामकृष्ण शर्मा, सेवा समितिका उपाध्यक्ष कृष्णप्रसाद बजगाईं, युवा परिषद्का कोशी अध्यक्ष अनिल ढुंगाना, झापा अध्यक्ष टहलदास ओली, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड–४ का पूर्व वडाध्यक्ष कूलप्रसाद संग्रौला, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला, चारपाने मन्दिरका अध्यक्ष राजेन्द्र बस्नेत, आदर्श टोलका अध्यक्ष यादवकुमार ओली लगायतले मन्तव्य राखेका थिए । 

कार्यक्रममा मन्दिरका उपाध्यक्ष ऋषिराम थपलियाले स्वागत गर्नुभएको कार्यक्रममा मन्दिरका सचिव मनोज बजगाईंले गरेका थिए ।