कृष्ण पाण्डेको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सेतो गुरांस कृषि सहकारी सस्थांको १५औं वार्षिक साधारण सभा आज झापाको गरामनीमा सम्पन्न भएको छ ।
नव निर्वाचित समितिको उपाध्यक्षमा नविन सेढाई, सचिव जय कुमार प्रसाई, सह–सचिव रञ्जित प्रसाई, कोषाध्यक्षमा गोपाल अधिकारी र सदस्यहरुमा प्रदिप खनाल, पार्वता भट्टराई, खिलेश्वरी पाण्डे र जानुका वानिया रहेका छन् ।
त्यस्तै लेखा समितिको संयोजकमा धनप्रसाद मिश्र तथा सदस्यहरुमा श्याम प्रसाद पकुवाल र देवका अधिकारी चयन भएका छन् ।
कोशी प्रदेश सभा सदस्य एक राज कार्कीको प्रमुख आथिथ्यतामा आयोजीत कार्यक्रममा सस्थाका अध्यक्ष कृष्ण पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सस्थाको शेयर पँुजी १ करोड ८६ लाख ४३ हजार ९ सय पुगेको जानकारी गराएका थिए । संस्थामा १ करोड ३४ लाख ६४ हजार एक सय त्रियानव्वे रुपैंया निक्षेप रहेको वताउदै अध्यक्ष पाण्डेले हाल ७ सय ११ जना सेयर सदस्य रहेको उल्लेख गरे ।
लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक महेन्द्र कुमार प्रसाईले सस्थाले १२ लाख ८७ हजार पाँच सय २८ रुपैया मुनाफा आर्जन गरेको बताए ।
विर्तामोड नगरपालिकाका सहकारी शाखा प्रमुख एवं निर्वाचन अधिकृत डिल्ली दाहालले नव निर्वाचित पदाधिकारी,सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि एक राज कार्की, विर्तामोड नगरपालिका वडा नम्वर ७ वडा अध्यक्ष अविरल कृष्ण खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा ध्रुव प्रकाश खरेल र राज कुमारी कार्कीलाई जेष्ठ सदस्य सम्मान, ८० वर्ष माथीका लक्ष्मी कार्की र वीर वहादुर वस्नेतलाई जनही ६ हजार रुपैयाको दरले फलफुल नगद सम्मान, सुजता खरेल र विना थापालाई सुत्केरी पोषण नगद सम्मान तथा विद्या देवी खरेललाई वाल वचत सम्मानले सम्मानीत गरीएको थियो ।
सस्थाका उपाध्यक्ष नविन सेढाईले स्वागत गरेको कार्यक्रमको संचालन सह–सचिव रञ्जित प्रसाईले गरेका थिए ।