झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई बिदाई  गरिएको छ । आज आइतबार बिहान झापाका विभिन्न उद्योग वाणिज्य संघसहित ४२ वटा संघसंस्थाले प्रमुख जिल्ला अधिकारी पोखरेललाई संयुक्त रुपमा बिदाई गरेका हुन् । 

२०७९ माघ १२ देखि झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका पोखरेलले जिल्लामा रहंदा खेलेको समन्वयकारी भूमिका, कार्यदक्षता तथा योजनाको उच्च मूल्याङ्कन गर्दै सम्मान सहित बिदाई गरिएको जनाइएको छ । 

संघ संस्थासँग  समन्वय र सहकार्यका लागि प्रमुख जिल्ला अधिकारी पोखरेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान सहित बिदाई गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए । 

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल, खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल र झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ लगायतले बोलेका थिए । बिदाई कार्यक्रमको सञ्चालन संघका महासचिव अर्जुन मैनालीले गरेका थिए ।