बिर्तामोड : मदिराको नियमन , नियन्त्रण  तथा आगामी कार्ययोजना सम्बन्धी एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

बिर्तामोड नगरपालिका , स्वास्थ्य तथा जनसंङख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्र, उपभोक्ता हित संरक्षण मञ्च नेपाल तथा विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा आज आइतबार सरोकारवाला संग छलफल गरेको हो । 

अबैध मदिरा पूर्ण नियन्त्रण तथा मदिरा विक्री वितरणलाई नियमन तथा व्यवस्थित गर्ने उद्देश्यले छलफल तथा अन्तरक्रिया गरिएको उपभोक्ता हित संरक्षण मञ्च नेपालको केन्द्रिय सदस्य तथा कार्यक्रम संयोजक याम बिमलीले जानकारी दिए । 

उपभोक्ता हित संरक्षण मञ्च नेपाल बिर्तामोड नगर अध्यक्ष ओमभक्त सेडांईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मञ्चको बिर्तामोड नगर उपाध्यक्ष भिमा शिवाकोटीले गरेकी थिइन् । 

कार्यक्रममा मञ्चका केन्द्रिय सचिव हरीप्रसाद मैनालीले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ का बिषयमा सहभागिलाई अबगत गराएका थिए । उनले मदिरा जन्य पदार्थको बिज्ञापन, प्रबद्र्धन तथा बिक्रि वितरणको अवस्थाका बारेमा सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सुर्तीजन्य बस्तु र मदिराको सेवनका कारण मानव स्वास्थ्य प्रती पार्ने असर र  समाजमा घट्ने बिभिन्न घटनाले निम्त्याएका परिस्थितिका बिषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपीले तथ्याङ्क प्रस्तुत गरेका थिए । 

 बिर्तामोड नगरपालिकाको नगरप्रमुख पवित्रा महत्तरा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका प्रतिनिधि विश्वनाथ श्रेष्ठ, जिल्ला समन्वय समिति झापाको उप प्रमुख शान्ता रोक्का, चेम्बर अफ कमर्शका अध्यक्ष ओमकृष्ण बिमली, महिला चेम्बर अध्यक्ष पेमा भट्टराई, नेपाल उद्यमशिल महिला संघ झापा अध्यक्ष पार्वता खरेल बिमली, बिर्तामोड नगरका जय तिम्सीना, तिलचन भण्डारी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।  मञ्चले भोली बिर्तामोडमा तालीमको आयोजना गरेको समेत जनाइएको छ ।