उदयशील महिला बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको १६ औं बार्षिक साधारण सभा आज बिर्तामोडमा सम्पन्न भएको छ । 

संस्थाको अध्यक्ष राधा राईको अध्यक्षता एवं बिरता लेडी जेसीजको अध्यक्ष संगिता गिरीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

सभामा संस्थाको अध्यक्ष राईले आर्थिक बर्ष २०७९ ÷८० को  प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सदस्यहरुको आर्थिक विकासमा टेवा दिंदै व्यवसायीकरणमा जोड दिने बताइन् । 

20231203_124347

संस्थामा ९१४ जना शेयर  सदस्य, १ करोड ४ लाख २७ हजार ८ सय शेयर पुँजी र २ करोड २५ लाख ९७ हजार २९० रुपै.ा ऋण लगानी गरेको अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले गत आर्थिक बर्षमा १० लाख बढी नाफा कमाएको छ । 

सभामा बचत तर्फ सांइला साह, राधिका धिमाल, दीपा लिम्बु, सन्ध्या विश्वकर्मा, दिलकुमारी विक, सावित्रा लिम्बु, शुसीला तामाङ, पुनम यादव, कमला न्यौपाने त्यस्तै कर्जा तर्फ बनिता मेचे, मनोदेवी चौधरी, पर्शु उप्रेती, चन्द्रकुमारी लिदेन, नवीना राई, मनकुमारी नेम्बाङ र मैतीमाया तुम्रोकलाई नगद सहित सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । त्यस्तै जेष्ठ नागरिक गयासरी राजवंशीलाई पनि सम्मान गरिएको थियो । 

tirtha budi

संस्थाका सचिव कल्पना अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत संस्थाको व्यवस्थापक वेल्मती राजवंशीले गरेकी थिइन । 

कार्यक्रममा प्रमुख अतिथि गिरी, जिल्ला बचत संघका विपी भट्टराई, गुणस्तरीय कृषि सहकारीका अध्यक्ष कर्ण पौडेल, लेखक तथा पत्रकार तिर्थ सिग्देल लगायतले शुभकामना मनतब्य राखेका थिए ।