बिर्तामोड

झापा प्रहरीले  पशुपन्छी सम्बन्धी कसुर मुद्दाका एक फरार प्रतिवादीलाई  पक्राउ गरेको छ । प्रहरीले फरार रहेका  अर्जुनधारा नगरपालिका ५ बस्ने ३० वर्षीय बिरु भन्ने वीरबहादुर दनुवारलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई आज सोमबार सांझ पक्राउ गरेको जनाएको छ । 

अदालतको आदेशले कैद भुक्तानको लागि उनलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 झापा जिल्ला अदालतको गत चैत २९ गतेको फैसलाअनुसार पशुपन्छी सम्बन्धी कसुर मुद्दामा उनलाई १ वर्ष कैद सजाय सुनाइएको थियो ।