काँकरभिट्टा । 

बढ्दो ब्यापार घाटालाई कम गर्न र भारत सहित अन्य  मुलुकसँग आयत निर्यातको व्यापार सहजीकरणमा सघाउ पु¥याउने उदेश्य सहित नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनको टोलीले नेपाल भारत सीमा नाका काँकरभिट्टाको अनुगमन गरेको छ । 

अन्र्तराष्ट्रिय ब्यापार सहजीकरण गर्ने उदेश्यले स्थापना भएको एशोसिएसनको टोलीले बढ्दो व्यापार घाटा कम गर्ने र  स्थानीय बजारलाई चलायनमान बनाउन भन्दै आज मङ्लबार नाकाको निरीक्षण गरेको हो ।  

नाकाको प्रवर्धन गर्ने, समस्या भएका नाकामा आयात तथा निर्यातमा सहजीकरण गर्ने उदेश्य सहित संस्थाको स्थापना भएको र सोहि अनुसार काम गर्दै आइरहेको एशोसिएशनका अध्यक्ष मनोज अधिकारीले जानकारी दिए ।

 उनले ब्यापार घाटा घटाउन राज्यले नयाँ योजना ल्याउन आवश्यक रहेको समेत बताए ।  एशोसिएशनको टोलीले काँकरभिट्टा नाकासहित बंगलादेशको फुलबारी नाका, भारतको कलकत्तास्थित बन्दरगालगायतका नाकाको अध्ययन तथा अनुगमन गर्ने एशोसिएशनका प्रशासनिक प्रमुख बिक्रम गजुरेलले जानकारी दिए । 

अनुगमन टोलीमा एशोशिएसनका अध्यक्ष अधिकारी, बरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला, उपाध्यक्ष नरेशकुमार अग्रवाल, सचिव इश्वरबहादुर गुरुङ, कोषाध्यक्ष हरिप्रसाद ढकाल, सह–कोषाध्यक्ष सुजनकुमार न्यौपाने, कार्यसमिति सदस्य सञ्जिब अर्याल, सिता अधिकारी, गोपालबहादुर राय, गंगाराम पुडासैनीलगायत रहेका छन् ।

अनुगमन पश्चात आयोजित पत्रकार भेटघाट  कार्यक्रममा मेची भन्सार कार्यालय काँकरभिट्टाका सुचना अधिकारी गणपति कँडेल, भन्सार एजेन्ट तथा व्यवसायी शंकर थापा सहित स्थानीय व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।