कन्काई : भद्रपुर  स्थित चन्द्रगढी घर भई हाल  इजरायल बस्दै आएकी निर्मला कार्की थापाले कन्काईका ३ जना बिरामीलाई आर्थिक सहित खाद्यन्न सहयोग गरेकी छन् । 

थापाले कनकाई ३ का बे्न ट्युमर भई उपचारत १४ बर्षिय सुशन विश्वकर्मालाई नगद ८ हजार, १ बर्ष अघिदेखि प्यारालाइसिस भएर घरमै थलिएका कनकाई–३ का ६५ बर्षिय पुन्यप्रसाद शिवाकोटीलाई नगद ७ हजार र गत दशैदेखि पेटको समस्या भएर घरमै थलिएर बसेका कनकाई–२ का ६२ बर्षिय टिकाप्रसाद मुखिया (सुनवार) लाई चामल, तेल, दाल, बिस्कुट लगायतका सामाग्री र  नगद २ हजार एकसय रुपैयाँ सहयोग गरेकी हुन् । 

कन्काई निवासी  समाजसेवी  शेरबहादुर थापाको पहल र समन्वयमा उनीहरुको घरमै पुगेर आज बुधवार थापाले उक्त सहयोग प्रदान गरेकी हुन् ।  तीनै जना बिरामीलाई सामाजिक ब्यक्तित्व थापासहित निर्मलाले   घरमै गएर सहयोग गरेका हुन् । 

3 sahayog jhapa

बिगत १७ बर्षदेखि इजरायल बस्दै आएकी  निर्मलाले सामाजिक ब्यक्तित्व मार्फत शेरबहादुर थापा मार्फत जानकारी पाए पश्चात मानविय हिसाबले सहयोग गरेको निर्मलाले बताइन् ।  

सामाजिक ब्यक्तित्व थापाले तीनै जना बिरामीलाई  सकेको सहयोग गर्नसमेत सवै समक्ष आग्रह गरेका छन् ।  सहयोग हस्तान्तरण कार्यक्रममा कनकाई–१ का दीपक ओली, बिर्तामोड–१ का नरेन्द्र सिलवाल लगायतको उपस्थिति रहेको थियो । 

pic 1 sahayog

अटो रिक्सा कुदाएर घर खर्च धान्दै आएका मुखियाको हाल आर्थिक अभावका कारण थप उपचार हुन सकेको छैन ।  दशैं अघिदेखि पेटको समस्याबाट पीडित मुखियालाई  स्थानीय श्रीप्रसाद खरेल, हरि मैनाली, सोभा प्रसाई खरेल सहित कनकाई–२ का वडाध्यक्ष बलबहादुर राईको सहयोगमा ४० हजार रुपैयाँ सहयोग  संकलन गरेर प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । 

2 sahayog nirmala

त्यहाँ उपचार सम्भव नहुने  भएपछि बिराटनगरको नोबेल अस्ताल लगिएको थियो । नोबेलमा थप उपचारकालागि आर्थिक अभाव भएपछि अहिले उनी घरमै रोग बोकेर बस्न बाध्य छन् ।