बिर्तामोड : बिर्तामोड नगरपालिका वडा नम्बर ३ भित्रका अब्यवस्थित रुपमा टाँगिएका इन्टरनेट तथा केबलका तार ब्यवस्थित गर्न थालिएको छ । 

वडाका मुख्य सडक सहित शाखा सडक पेटीमा  अनियन्त्रि रुपमा टाँगिएका अब्यवस्थित तारका कारण दुर्घटनाको जोखिम बढेको भन्दै तत्काल तार ब्यवस्थित गर्न वडाले सम्बन्धीत कार्यालयलाई आग्रह गरेको थियो । सोहि आग्रह अनुसार अहिले काम भइरहेको हो । 

बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले गत मंसीर १४ गते एक सुचना जारी गर्दै अब्यवस्थित तारलाई तत्काल हटाउन वा ब्यवस्थित गर्न विभिन्न इन्टरनेट कम्पनी, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायतलाई पत्राचार गरेका थिए । 

वडाको निर्देशनसंगै सम्बन्धीत कम्पनीहरुले आ आफ्नो तारलाईलाई ब्यवस्थित गर्ने काम अहिले गरिरहेको वडाध्यक्ष बुढाथोकीले  जानकारी दिए । तार व्यवस्थित नहुंदा दुर्घटनाको जोखिम बढेपछि वडाले एक्सन लिएको हो । 

जथाभावि टांगिएका तारका कारण वडाको सुन्दरता पनि कुरुप देखिएको भन्दै वडाले तार ब्यवस्थित गर्न सम्बन्धीत कम्पनीलाई आग्रह गरेको हो । उनले सवै टोलमा सडक बत्ति जडान अभियानलााई पनि स्थानीय उपभोक्तासंगको सहकार्यमा अघि बढाइएको जानकारी दिए ।

वडाका अभियानमा अनारमनी सोसियल युथ क्लबले सहकार्य गर्दै आएको छ । क्लबले हरेक हप्ता वडाका विभिन्न स्थानमा सरसफाई, रंगरोगन, वृक्षारोपण लगायत सचेतना मुलक कार्यक्रमहरु समेत गर्दै आएको जनाइएको छ ।