विराटनगर । मोरङ प्रहरीको मिलेमतोमा व्यापक तस्करी हुन थालेपछि राजश्व अनुसन्धान विभागले मोरङका एक जना ठूला तस्करको गोदाममा छापामारी करोडौंको कपडा बरामद गरेको छ ।

राजश्व अनुसन्धान विभाग पुल्चोकबाट खटिएको टोलीले मातहतको इटहरी कार्यालयमार्फत राजश्व छली गरेको आशंका गर्दै विराटनगर महानगरपालिका वडा ११ मा रहेको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा छापा मारेको हो । बर्षौंदेखि कपडाको कारोबार गर्ने सप्लायर्सको गोदाममा भन्सारबाट आयात परिमाण भन्दा बढी मालवस्तु आयात गरी स्टोर गरिएको भन्ने सूचनाका आधारमा उक्त सप्लायर्समा छापा मारिएको राजश्वका अधिकारीहरूको भनाई छ ।


राजश्वले गत साता सबै गोदामहरू सिल गरी भारतबाट आयात गरि राखिएका सटिङ्गसुटिङका महंगा कपडासहित विभिन्न थरीका अन्य कपडाहरू गोदाममा भएकाले गोदाम सिल गरिएको जनाएको छ ।

नेपालबहसले दशैं अघि नै ुनाका एक धन्दा अनेक, प्रहरी र तस्करबीच यस्तो छ सेटिङ रुु शीर्षकमा मोरङ लगायतका पूर्वी नाकाबाट प्रहरीको मिलेमतोमा व्यापक चोरी पैठारी हुने गरेको समाचार प्रकाशित गरेको थियो । हेर्नुहोस् माथि रातो बोल्ड अक्षर क्लिक गरि समाचारको लिंक खोल्नुहोस्  । यसबाट पनि नेपालबहसको समाचार सत्य रहेको थप प्रमाणित हुन्छ । 


मोरङ लगायतका कोशी प्रदेशका सीमा नाकाबाट नेपाल प्रहरीको मिलेमतोमा तस्करहरूले व्यापक मात्रामा तस्करीका सामान वारपार गर्न थालेका छन् । यसबाट दैनिक करोडौंको राजश्व छली त भएकै छ, सीमा सुरक्षामा पनि गम्भीर चुनौती देखा पर्न थालेको छ ।

मोरङबाट अहिले हुण्डी, सट्टेबाजी, जुवा, सुनचाँदी तथा कपडा, खाद्यान्न, रक्सी र गिट्टी बालुवा लगायतको तस्करी फस्टाएको बताइएको छ । कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुखहरूले खटाएका घुमुवासँगको सेटिङमा तस्करहरूको रजगज चल्न थालेको समाचार स्रोतको भनाइ छ । 

तस्करहरूसँग राम्रो सेटिङ मिलाउन सक्ने खुवी भएकै कारण नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयले हालै गरेको जुनियर प्रहरीको सरुवामा पनि सोही अनुसारको सेटिङ मिलाइएको दावी समाचार स्रोतको छ ।

सुगमबाट सुगम र तराईरमधेशबाट तराईरमधेशमै अधिकांश प्रहरी कर्मचारीहरूको सरुवा गरिएको छ । जो वर्तमान र पूर्व घुमुवा हुन, जसले तस्करसँग सेटिङ मिलाएर हाकिमको सेवा गर्न खप्पिस छन् । पढनुहोस् पुरा समाचार “आईजीपीको निर्देशन डीआईजीद्वारा उल्लंघन, पैसा असुलेर व्यापक सरुवा गरेको आरोप” ।


समाचार स्रोतका अनुसार तस्करसँग सेटिङ मिलाएर हाकिमको सेवा गर्न खप्पिस भएकै कारण वरिष्ठ सई राजेन्द्र कटवालको कोशी प्रदेश प्रहरी कार्यालयबाट मोरङ मै रहेको उच्च अदालतका न्यायाधीश सुरक्षा गार्डमा सरुवा गरि मोरङ जिल्लाको घुमुवाको रुपमा परिचालन गरिएको छ ।

सई कटवालले प्रदेश प्रहरी कार्यालयका डीआईजी राजेशनाथ बाँस्तोला र मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेल दुवैको घुमुवाको रुपमा कामकाज गरि कुस्त कमाउन सफल भएको स्रोतको भनाई छ । उनले आफू मातहत सहायक हबल्दार गणेश श्रेष्ठ, सहायक हबल्दार राजकुमार र सुलभ चौधरी, प्रज रघु यादव तथा असई रुपेश सिंह र उनकै भाई सन्दीप सिंहको कोर टीम बनाएर परिचालन गर्ने गरेका छन् । मोरङ प्रहरीका हरेक युनिटमा जिल्लाबाट खटिएका घुमुवाहरुको संयोजन गर्ने र रकम कलम असुल्ने जिम्मा भने कटवालले सहायक हबल्दार गणेश श्रेष्ठलाई दिएको बताइएको छ ।


को को हुन् मोरङका हुण्डीवाल र सट्टेबाज रु कति दिन्छन् प्रहरीलाई 

संसारभर नै हुण्डी, डलर, सुनचाँदी र सट्टेबाजको त्रिपक्षीय कनेक्सन हुने गरेको छ । अझ हतियार र लागूऔषधको धन्दा पनि यही नेक्ससमा हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

विराटनगर पनि देशकै ठूलो औद्योगिक र व्यापारिक नगरी भएकाले यहाँबाट हुण्डी, सुनचाँदी लगायतको ठूलो तस्करी हुने गरेकोमा विवाद रहेन । पछिल्लो समय चीन लगायत दुबई, हङकङ जस्ता देशहरूबाट सुनचाँदीको अवैध कारोबार फस्टाएको सबैमा विदितै छ ।

सो को भुक्तानीका लागि व्यापारीहरूले हुण्डीको प्रयोग गर्ने गरेका छन् । यस्तै हालै सम्पन्न विश्वकप क्रिकेट प्रतियोगितामा पनि विराटनगरमा सट्टेबाजीको ठूलो खेल खेलाइएको पाइएको छ । आईपीएल क्रिकेट, फुटबल लगायतका खेल हुँदा यहाँबाट सट्टेबाजीको कारोबार निकै फस्टाउने गरेको छ । मोबाइल वा कम्प्यूटरमार्फत खेलको सौदाबाजी हुने भएपनि प्रहरीसँगको सेटिङ बिना जोखिम हुने हुनाले यस्ता सट्टेबाजहरुले वरिष्ठ सई कटवालमार्फत लाखौंमा सेटिङ मिलाएर निर्वाध गेम खेलाएको दावी समाचार स्रोतको छ । 


विराटनगरका नामुद सट्टेबाज हुन हंसु जैन । यिनले अतिथि सदनमा बसेर धन्दाको संयोजन गर्ने गरेका छन् । यस्तै ठूलो हुण्डीवाला हुन घोगा पुल घर हुने राजेश साह, अख्तर अन्सारी र गणेश । यिनीहरुले हुण्डीका साथै सट्टेबाजीमा पनि ठूलो लगानी गर्ने गरेको दावी स्रोतको छ ।

त्यस्तै तिनपैनीका डारे भनिने र विनोद साह तथा रानी भन्सार नाका बस्ने राजेश खण्डेवाल पनि हुण्डी र सट्टेबाजीका हेडमास्टर नै हुन भनिन्छ । यस्तै बरगाछीमा डायस भन्ने अवैध खेल जुवा खेलाउने सन्तोष चापागाईं र बिक्की साहले यसपटकको आईपीएल र बल्र्डकप क्रिकेटमा ठूलै कमाई गरेको बताइन्छ ।

अर्को ग्रुपमा अख्तर अन्सारी, जगदीश साह, अफरोच खान र कमलेश अग्रवालले पनि यसपटकको क्रिकेट खेलमा ठूलो सट्टेबाजको भूमिका निर्वाह गरेको बताइन्छ ।

मोरङ प्रहरीलाई यिनका सबै गतिविधि थाहा भएपनि चुप लागेर बस्नुमा सेटिङ कै भूमिका रहेको बताइन्छ । यदि प्रहरीले उनीहरूको मोबाइल व्हाट्सअप, डायरी र बैंक स्टेटमेन्ट बरामद गरि चेक गर्ने हो भने सबै पत्ता लाग्ने समाचार स्रोतको भनाई छ । तर प्रहरीको सिभिल टोलीसँगको मिलेमतोमा प्रहरी देखेको नदेखे झैं गर्छ ।

यदि प्रहरीले सेटिङ नमिलेर पक्राउ गरिहाल्यो भने राजेश साह र हंसु जैन मिलाउन दर्गुर्ने गरेका छन् । विगतमा पनि यसरी हंसु जैनलाई पप्पु नायक नामक एकजना मोरङ प्रहरीका घुमुवा इन्स्पेक्टरले पक्राउ गर्दा बीच बाटोबाटै २० लाखमा केस सामसुम पारिएको घटना धेरै प्रहरीलाई जानकारी रहेको बताइएको छ । 

हुण्डीवालाहरु प्रत्येकले प्रहरीलाई मासिक २ लाखदेखि ५ लाखसम्म कारोबार हेरी बुझाउने गरेका छन् भने सट्टेबाजहरुले एकठाँउमा एकमुष्ट जम्मा गरि खेल भएका बेला ५० लाखसम्म बुझाउने गरेको एकजना प्रहरी अधिकृतले नाम नबताउने शर्तमा नेपालबहसलाई जानकारी दिएका छन् ।


यी हुन सुनचाँदीका डन १

तीन साता अघि मात्र मोरङ प्रहरीले केही किलो चाँदी पक्राउ गरेको सार्वजनिक गरेको थियो तर त्यो लाइन नपाएर मात्र पक्राउको नाटक मञ्चन गरिएको बताइन्छ । जबकी सो पक्राउ गरिएको चाँदीको व्यापारीसँग बिल भरपाई रहेको अनुसन्धानका क्रममा पत्ता लाग्यो । प्रहरीले व्यापारीलाई तर्साउने खेलोको रुपमा पक्राउको नाटक मञ्चन गर्ने गरेको स्रोतको भनाई छ । यतिबेला विराटनगर क्षेत्रमा सुनचाँदीको राम्रै कारोबार भइरहेको यस घटनाले पनि प्रष्ट हुन्छ । 

मोरङबाट सीताराम भाईटी, अख्तर खान, अरुण राठी र प्रमोद राठीले मुख्य रुपमा सुनचाँदीको तस्करी गर्ने गरेको बताइएको छ । अहिले सुनचाँदीको कारोबार व्यापक छ, तपाईं आफैं अन्दाज गर्नुस प्रहरीसँगको सेटिङ बिना कसरी कारोबार सम्भव होला रु स्रोतले भन्यो ।


वरिष्ठ सई कटवालले कुन तस्करसँग कति असुल्छन् 

मोरङ जिल्लाका घुमुवा तथा डीआईजी र एसपीका विश्वास पात्र वरिष्ठ सई कटवालले तस्करी लाइन सञ्चालन गर्न दिएवापत विभिन्न तस्करहरूबाट मोटो रकम असुल्ने गरेको तथ्य बाहिरिएको छ ।

प्रहरीकै एकजना प्रहरी अधिकृतले नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार तस्करहरु जनार्दनबाट १ लाख, नाजिर गाईगोरु तस्करबाट ४ लाख, सुरेश र सवनमबाट सवा लाख, गुड्डु, धीरु कालेबाट १र१ लाख, रेनु साह ६० हजार, मिथुन ५० हजार, विजय भगतबाट ७५ हजार, बब्लु अग्रवालबाट ७५ हजार मासिक रुपमा लिने गरेका छन् ।

अन्य तस्करबाट पनि सोही दरमा रकमकलम उठाउने गरिएको छ । त्यस्तै भन्सार एजेण्टको पैसा राजकुमार रौनियारले उठाएर एकमुष्ठ दिने गरेका छन् । भन्सार एजेण्टहरुले पनि आफ्नो काममा कुनै डिस्टर्व नहोस् भनेर यसरी प्रहरी सेटिङ पनि मिलाउने गरेको दावी समाचार स्रोतको छ । 


यसै गरी प्रहरी चौकी अमाईबरातीले ५०, नोचा ४०, मायागञ्ज ३०, पोखरिया ३०, मोझारे ५०, मटिअर्वा ५० रानी सीमा ५० हजारका दरले कटवाललाई मासिक दिने गरेको दावी सो स्रोतको छ । साथै अन्य चौकी, ठाना र इप्रकाबाट पनि यही अनुपातमा रकम उठाउने गरिएको बताइन्छ । रंगेली, उर्लाबारी र बेलबारी लगायतका जिल्ला घुमुवाले पनि मोटो रकम उठाएर कटवाललाई बुझाउने गरेको बताइन्छ । त्यस्तै गिट्टी बालुवाका ठेकेदारहरूले १० –१५ लाख का दरले पैसा उठाएर अलग्गै दिने गरेको दावी स्रोतको छ ।  

www.nepalbahas.com यो समाचार लिइएको हो ।