अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरेमा लैङ्गीक हिंसा एवम् मानव अधिकारको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको  छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

 सम्बोधन महिला सरोकार केन्द्र झापाको आयोजना, इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको शहजीकरण तथा शनिश्चरे प्रहरी चौकीको सहकार्यमा बिहीवार (आज) अन्तरक्रिया कार्यक्रम भएको हो ।

 सरोकार केन्द्रकी अध्यक्ष लक्ष्मी न्यौपाने सरुको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा संवधानसभा सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशीला चापागाईको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत बिद्यार्थी प्रमिला रामदामले गरेको कार्यक्रममा लैङ्गीक हिंसा तथा मानव अधिकारको अवस्था बारे इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले शहजीकरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि चापागाई, जेष्ठ नागरिक मञ्जका सचिव शेखर अधिकारी, अर्जुनधारा–८ की वडासदस्य सरु बुढाथोकी, शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुख मोहनप्रसाद ओली, राष्ट्रिय स्वतन्त्र बिद्यार्थी संगठका सचिब गगन चापागाई, इन्सेक प्रतिनिधि नरेश खातीलगायतले लैङ्गीक हिंसा तथा मानव अधिकारको बारेरमा आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन महिला मजदुर जागरण केन्द्रकी अध्यक्ष सिता सापकोटा सन्ध्याले गरेकी थिइन् ।