बिर्तामोड : बिर्तामोड  ७ स्थित नमुना बस्तीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई  स्कुल ब्याग तथा कपी कलम  वितरण गरिएको छ । 

नेपाल निमार्ण व्यवसायी महासंघको १६ औं स्थापना दिवसको अवसरमा हिजो शुक्रबार निमार्ण व्यवसायी संघ झापाले विपन्न सन्थाल समुदायका सामुदायिक विद्यालयमा अध्ययनरत ३३ जना बालबालिकाहरू उक्त बस्तीमा  पुगेर संघका झापा अध्यक्ष मिलन बस्नेत, महासचिव पुष्पराज निरौला, संघको सल्लाहकार सम्भु कार्की, सचिव योगेन्द्र खड्का लगायतको  टोलीले स्कुल ब्याग तथा कपी कलम वितरण गरेका हुन् । 

निमार्ण व्यवसायी संघ झापाले पनि बर्सेनि सामुदायिक विद्यालयहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको तथा बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको पनि संघका अध्यक्ष मिलन बस्नेतले जानकारी दिए ।  

त्यस्तै संघले स्थापना दिवसकै अवसरमा कार्यालयमा दिप प्रजलन समेत गरेको संघका महासचिव पुष्पराज निरौलाले जानकारी दिए ।