निमार्ण व्यवसायी नयन बराल सम्मानित भएका छन् । मेचीनगर–७, ईटाभट्टा स्थित मेची कृषक वहुमुखी सहकारी संस्था (एमएमसी) को शनिबार आयोजित २४ औँ वार्षिक साधारण सभाको अवसरमा निमार्ण व्यवसायी बराललाई सम्मान गरिएको हो । 

‘उदेश्य निमार्ण सेवा ’का संचालक नयन बराल सहकारीको खाद्य गोदाम भवन सम्झौता भन्दा ४ महिना अगाडि नै गुणस्तरीय निर्माण गरी हस्तान्तण गरेपछि सम्मानित भएका हुन् । 

निमार्णको जिम्मा लिएर समयमै काम नगर्ने निमर्ण कम्पनीका कारण जतासुकै बदनामी हुंदै आएको छ । तर बरालले भने समयाअवधि अघि नै काम सम्पन्न गरेर उदाहरणीय काम प्रस्तुत गरेका हुन् । 

उनलाई कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा कांग्रेसका नेता विश्वप्रकाश शर्मा, प्रदेश सांसद गोपाल तामाङ, सहकारीको अध्यक्ष हरि बुढाथोकी, व्यवस्थापक दिपक काफ्ले, सामुदायिक पोष्टहार्भेष्ट सेवा केन्द्रका संयोजक दुर्गाप्रसाद सापकोटा लगायतले निमार्ण व्यवसायी बराललाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेका थिए । 

करीब डेढ दशकदेखि निमार्ण क्षेत्रमा क्रियाशिल बराल निमार्ण व्यवसायी संघ झापाको कार्य समिति सदस्य समेत हुन । 


WhatsApp Image 2023-12-09 at 04.37.19 (1)

संस्थाद्वारा सञ्चालित सामुदायिक पोष्ट हार्भेष्टको दक्षिण परिसरमा १ हजार मेट्रिक टन क्षमताको करिव २ करोड ३० लाख बराबरको खाध्य गोदाम घर, कम्पाउण्ड वाल र गार्ड घर निर्माण उदेश्य निमार्ण सेवाले गुणस्तरीय सम्झौता अवधि अगाबै निमर्ण गरेको हो । सम्झौतामा चैत्र मसान्त सम्मको म्याद भए पनि बरालले सञ्चालन गरेको उदेश्य निमार्ण सेवाले मंसिरको तेस्रो हप्ता भित्रमै काम सकेको हो ।   

सो खाध्य गोदामको पनि प्रमुख अतिथि सांसद शर्माले उद्घाटन गरेका थिए । नेपाल सरकारको ५० प्रतिशत, स्थानीय सरकार र संस्थाको २५÷२५ प्रतिशत लगानीमा सो गोदाम घर निर्माण गरिएको संस्थाले जनाएको छ ।