भद्रपुर  :  झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत भद्रपुरमा सम्मानित भएका छन् ।  आज मेची रंगशालामा सम्पन्न प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलको दिन बस्नेतलाई सम्मान गरिएको हो ।

गोल्डकप तथा अन्य सामाजिक संस्थामार्फत खेलकुदको विकास तथा प्रवर्धनमा विशेष योगदान पुर्याएको भन्दै उनलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, भद्रपुर नगरप्रमुख गणेश पोखरेल र भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल लगायतलेले सम्मानपत्र प्रदान गरेका थिए ।

प्रथम संस्करणको भद्रपुर झापा गोल्डकप सम्पन्न गर्न तथा आज सम्पन्न लिग तथा नकआउट फुटबल प्रतियोगितामा बस्नेतले विशेष योगदान पुर्याएका थिए ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको उपाधि अर्जुनधाराले उचालेको थियो ।