काठमाण्डौ – प्रहरीले काठमाण्डौको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा चेकपोस्टबाट बरामद भएको २ केजी सुन प्रकरणमा १ चिनियाँलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फरार रहेका चिनियाँ २७ वर्षीय चेन जीवेईलाई पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यही प्रकरणमा प्रहरीले गएको बिहीवार राति नागढुङ्गा चेकपोस्टबाट रसुवाको गोसाइँकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेललाई पक्राउ गरेको थियो । प्रहरीले रसुवाबाट काठमाण्डौ आउँदै गरेको बाग्मती प्रदेश ०१–०२८ च २६९७ नम्बरको जीपबाट सुन बरामद गरेको थियो ।

पक्राउ परेका जीवेईलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।