बिर्तामोड । पूर्वी गर्जन मिडिया प्रालिद्वारा प्रकाशित पूर्वी गर्जन त्रैमासिक पत्रिका आज बिहिबारबाट प्रकाशनमा आएको छ ।
बिर्तामोडमा एक कार्यक्रमका बीच पत्रिकाको विमोचन गरिएको छ । प्रालिले यसअघि नै काँकरभिट्टाबाट पूर्वी जर्गन डटकम अनलाईन सञ्चालन गरिरहेको छ ।
राजनीति विषय बस्तुलाई प्राथमिकता दिएर प्रकाशन सुरु भएको पूर्वी जर्गन पत्रिकाको कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी विप्लवका स्थायी कमिटी सदस्य अनिल विरही ‘सि’, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहनकाजी न्यौपाने लगायतले संयुक्त रुपमा उक्त पत्रिकाको विमोचन गरेका छन् ।
पत्रिकाको सुमनसिंह निर्देशक, प्रकाश डुम्रे प्रधान सम्पादक, प्रविण अधिकारी सम्पादक, सञ्जय सी प्रबन्ध सम्पादक, हुकुम सी व्यवस्थापक रहेका छन् ।
पत्रिका विमोचन कार्यक्रममा प्रमुख अतिथि अनिल विरही सी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष मोहनकाजी न्यौपाने, प्रदेश सदस्य लिलाराज झापाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम पत्रकार पुरस्कार कोष पनि स्थापना गरिएको छ । हाल २ लाख रुपैयाँबाट कोष स्थापना गरिएको र हरेक वर्ष १ लाख रुपैयाँ कोषमा थप्दै लाने प्रशान्त सीले जानकारी गराएका थिए ।
हरेक वर्ष एकजना पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्ने लक्ष्य रहेको कोषबाट यस वर्ष बाटै पत्रकार सम्मान गर्ने कार्यको थालनी भएको छ । यस वर्षको उत्कृष्ट पत्रकार घोषणा गर्दै पूर्वाञ्चल दैनिकका समाचार संयोजक नरेन्द्र ढकालाई नगद १० हजार राशि पुरस्कार सहित सम्मान गरिएको छ । विनोद सीले स्वागत गरेको कार्यक्रमको सञ्चालन पूर्वी गर्जनका सम्पादक प्रविण अधिकारीले गरेका थिए ।