पाँच लाख रुपैयाँ घुससहित एक जना वडाअध्यक्ष पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई पाँच लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

वडाध्यक्ष कार्कीले बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो । कार्की नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए, उनी एमालेका मधेस प्रदेश कमिटी सदस्य हुन् । उज्यालो अनलाइनबाट