इटहरी । 

नागरिक उन्मुक्ति पार्टी (एकीकृत) कोशी प्रदेशको अध्यक्षमा धनबहादुर पन्धाक चयन भएका छन् । सुनसरीको इटहरीमा आज भएको  प्रदेश समायोजन भेलाबाट पन्धाक अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै प्रदेश सह–अध्यक्षमा जीवन धामी चौधरी चयन भएका छन् भने अन्य पदहरु यथावत रहने गरी पन्धाक अध्यक्षमा सर्वसम्मत भएका हुन् । 

जीवनधामी चौधरीको अध्यक्षतमा भएको प्रदेश समायोजन कार्यक्रममा पार्टीका वरिष्ठ केन्द्रिय उपाध्यक्ष दामोदर पण्डितको प्रमुख आतिथ्य रहेको थियो ।