झापा । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले  सम्पन्न झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा  सफल भएको बताएका छन् ।

आइतबार हिजो चिवाभञ्ज्याङको  अभियान सम्पन्न गरी  आज काठमाडौं फर्कने क्रममा प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको  पत्रकार सम्मेलनमा पोखरेलले संकल्प यात्रा कसैको बिरुद्धमा नभएको बताएका हुन् । उनले यो अभियानले पार्टीलाई जनतासँग जोड्न सहयोग पुग्ने पार्टीले विश्वास लिएको बताए ।  

बैतडीको झुलाघाटबाट सुरु भएको यो यात्रा १८ दिनपछि पाँचथरको चिवाभन्ज्याङमा समापन भएको थियो ।