बिर्तामोड : नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मेचीको नवौं अधिवेशन एंवम एघारौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।  आज बिर्तामोडमा अधिवेशन तथा साधारणसभा भएको हो । 

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघको केन्द्रिय अध्यक्ष पूर्णचन्द्र सापकोटाको प्रमुख आतिथ्यता तथा मेचीको अध्यक्ष महेशलाल मेचेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मेचीका उपाध्यक्ष पुण्यप्रसाद भट्टराईले गरेका थिए । 

संघको सचिव डेनु मगरले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि सापकोटा, पूर्व अध्यक्ष बिष्णुप्रसाद भट्टराई, कोशीका केशव लामिछाने, अशोक सुवेदी , बजार प्रतिनिधि संघका तुलसी भण्डारी लगायतले शुभकामना मनतब्य राखेका थिए ।  

अधिवेशनले नयां नेतृत्व चयन गर्ने जनाइएको छ ।