झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २३औं वार्षिक साधारणसभा एवम् २४औं वार्षिकोत्सव  बुधबार सम्पन्न गरेको छ । 

साकोसका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा बिर्तामोडमा आयोजित निर्णय प्रमाणिकरण सभामा साकोसका संस्थापक सेयर सदस्यहरु भुपेन्द्रप्रसाद भट्टराई र जयबहादुर गौतमलाई सम्मान गरिएको थियो ।

अध्यक्ष श्रेष्ठले संस्थाको नयाँ नेतृत्व चयन आकांक्षीहरु बीच सहमति गराउने अन्तिम प्रयास भइरहेको बताए । उनले सहमती नभए पुष १३ गते  चुनाव गराइने बताए । 

संस्थाका सचिव भुपाल बस्नेतले सञ्चालन गरेको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद  एकराज कार्की रहेका थिए । 

संस्थाका कोषाध्यक्ष एकराज विष्टले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि कार्की, झापा जिल्ला सहकारी संघका सञ्चालक समिति सदस्य केशव बस्नेत लगायतले शुभकामना मनतब्य राखेका थिए ।  

कार्यक्रममा साकोसका विभिन्न विधाका ११ जना कर्मचारीहरुलाई नगदसहित प्रशंसापत्र प्रदान गरी पुरस्कृत गरिएको थियो । 

आर्थिक बर्ष २०७९÷०८० सम्ममा ५३ हजार ७८१ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ४८ करोड ८० लाख २१ हजार ७०० रुपैयाँ रहेको  प्रतिवेदनमा उल्लेख  छ ।