चारआली । 

झापाको मेचीनगर नगरपालिका  १२ शहरेडाँगी स्थित श्री पञ्चवटी वीरभद्र महाकाली धाममा हालै सम्पन्न गरिएको महायज्ञको आय ब्यय सार्वजनिक गरिएको छ ।

धाममा गत मंसीर १५ देखि २१ गतेसम्म आयोजना गरिएको  श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराणको हिसाब आज बिहीवार पत्रकार भेटघाट मार्फत सार्वजनिक गरिएको हो ।

पुराण आयोजक मुल समारोह समितिले महायज्ञ स्थलमै आयोजना गरिएको पत्रकार भेटघाट मार्फत आय –व्यय सार्वजनिक गर्नुका साथै हर–हिसाव मन्दिर ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । 

 पुराण मुल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरी र सचिव प्रेमराज घिमिरेले मन्दिर ब्यवस्थापनका अध्यक्ष इन्द्रमणि प्रसाई र सचिव सहदेव ढुङ्गानालाई खर्च तथा आम्दानीको बिल भौचरसहित हिसाव हस्तान्तरण गरेका हुन् ।

महायज्ञबाट ४१ लाख २५ हजार ४२७ रुपैयाँ आम्दानी भएको र खर्च २३ लाख ३४ हजार ६८१ रुपैयाँ भएको जनाइएको छ । महायज्ञमा प्रमुख कथा बाचकका रुपमा भागवत् मञ्जरी राधिका दासी रहेकी थिइन् । 

मन्दिरलाई ब्यवस्थित गर्दै सामाजिक  तथा धार्मिक भाव फैलाउने, अतिथि सदन र सामुदायिक भवन निर्माण, जेष्ठ नागरिक चौतारी निर्माण र जग्गा घेराबारा गर्ने मुख्य उदेश्यले पुराणको आयोजना गरिएको अध्यक्ष गिरीले जानकारी दिए ।