बिर्तामोड ।

बिर्तामोड स्थित धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा किशोर भट्टराई सर्वसम्मत चयन भएका छन् । पाँचौँ कार्यकालका भट्टराई चउयन भएका हुन् । संस्थाको ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका हुन् ।  चयन भएको नयाँ कार्यसमितिलाई भोलि पुस ६ गते बिर्तामोडमा हुने १६ औँ वार्षिक साधारणसभामा एक कार्यक्रमका बिच पद हस्तान्तरण गरिने जनाइएको छ  । 

संस्थाको उपाध्यक्षमा पार्वता श्रेष्ठ र सचिवमा डा. गौरीशंकर झा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा माधवप्रसाद आचार्य, खड्गबहादुर तामाङ, पुष्पराज भट्टराई, गंगादेवी गौतम, कमलादेवी सापकोटा, कमलमान सिंह चौहान, रेशबहादुर बस्नेत र भीमबहादुर पौडेल चयन भएका छन् ।

संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा दुर्गानारायण चौधरी र सदस्यमा डम्बरप्रसाद ढुंगाना र सुनिता पोखरेल चयन भएका संस्थाका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिएका छन् ।