बिर्तामोड : बिर्तामोड स्थित टिभिएस कम्पनीको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले रोनिन ‘मोडर्न–रेट्रो’ मोटरसाइकल बजारमा ल्याएको छ ।
पाथिभरा अटो लिंकले मोटरसाइकल सार्वजनिक गर्दै यो मोटरसाइकल अनस्क्रिप्टेड लाइफ स्टाइल राइडरका लागि डिजाइनमा निमार्ण गरिएको जनाएको छ ।
नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा आफ्ना ग्राहकका लागि टिभिएस रोनिन लन्च गर्दै प्रिमियम लाइफ स्टाइल सेग्मेन्टमा प्रवेश गरेको हो ।
‘टिभिएस रोनिन अनस्क्रिप्टेड लाइफस्टाइल राइडरहरूका लागि डिजाइन गरिएको लिंकका सञ्चालक सजेश शिवाकोटीले जानकारी दिए ।
टिभिएस रोनिनलाई स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीको दाबी छ । २२५ सिसीको यो मोटरसाइकलको तौल १६० केजी रहेको छ । यसको इन्जिनले २०.४ पिएस पावर उत्पादन गर्नुका साथै १९.९३ एनएम टर्क जेनेरेट गर्छ ।
क्लासिक डिजाइन प्याकेज उपलब्ध मोटरसाइकलमा रेन र अर्बन एबिएस मोड उपलब्ध छ । ग्लाइड थ्रु टेक्नोलोजी (जिटिटी) र भ्वाइस र राइड सहायतासहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसनजस्ता प्राविधिक सुविधा पनि मोटरसाइकलमा रहेको कम्पनीले जनाएको छ ।
पाथिभरा अटो लिंकका अर्का सञ्चालक याम कार्कीले यो मोटरसाइकलले नेपाली बजारमा बाइकिङ समुदायलाई टिभिएस रोनिनको विशिष्ट डिजाइन, अत्याधुनिक प्रविधि र जडान गरिएका सुविधाको लाभ उठाउने अवसर प्रदान गर्ने लक्ष्य राखेको बताए ।
टिभिएस रोनिन नेपाली बजारमा टिडी संस्करण (ट्रिपल टोन डुअल च्यानल एबिएस)मा उपलब्ध रहेको छ ।
कम्पनीले नेपाली बजारमा यसको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।