मारवाडी समुदायलाई लक्षित गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पछिल्लो समय दिइरहेको  अभिव्यक्ति प्रति बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानले मुख खोलेका छन् । 

मारवाडी समुदायलाई लक्षित गर्दै व्यवसायी दुर्गा प्रसाईँले पछिल्लो समय विभिन्न मञ्च र सञ्जाल मार्फत दिएको अभिव्यक्ति प्रति न्यौपानेले मुख खोलेका हुन् । 

उनले केहि मारवाडी समुदायका ब्यक्तिले गल्ती गरे भने स्वंम ब्यक्तिलाई गाली गर्नु स्वभाविक भए पनि सिंगो समुदायलाई लाल्छना लाउन नहुने बताए ।  

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईको प्रमुख आतिथ्यतामा बिर्तामोडमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपाने सो कुरा बताएका हुन् । 

न्यौपानेले कुनै पनि जाति समुदायलाई लक्षित गरी दोष नलगाउन प्रसाईलाई आग्रह गर्दै  सामाजिक सद्भाव, मेलमिलाप र भाइचारा कायम राख्न पनि अनुरोध गरेका छन् ।