सदगुरु श्री देवचन्द्रजी महाराज तथा स्वामी श्री प्राणनाथजी महाराजको मिलाप तिथिको अवसरमा स्वागत तथा मिलन कार्यक्रम गरिएको छ । 

श्री कृष्ण प्रणामी युवा परिषद नेपाल कोशी प्रदेश जिल्ला कार्य समिति झापा प्रारम्भिक समिति प्राणनाथ भवन बिर्तामोड ४ तथा सदगुरु भवन भद्रपुरको संयुक्त आयोजनामा हिजो बिहिबार स्वागत तथा मिलन कार्यक्रम गरिएको हो । 

0b18ed11-20a1-4a93-b167-45e191e90a72

सो अवसरमा सत्संग भवन बिर्तामोडबाट सदगुरु सामुदायिक सत्संग भवन भद्रपुर सम्म ¥याली–यात्रा सहित समापन भएको थियो । 

प्राणनाथ भवनमा परिषदका अध्यक्ष खगेन्द्र कुवरले संचालन गरेको कार्यक्रममा युवा परिषद झापाका अध्यक्ष टहल दास ओलीले स्वागत सहित मिलन कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । बाइजुराज इकाई समिति प्राणनाथकि अध्यक्ष राधा देवी न्यौपानेले मन्तव्य राखेकी थिइन । 

983

पारायणको अवसरमा प्रा.स. प्राणनाथ भवनले आयोजना गरेको रक्तदान कार्यक्रमको युवा परिषद नेपालका सदस्य मदन अधिकारी तथा कोसी प्रदेश अध्यक्ष अनिल ढुंगाना ले प्रंशसापत्र प्रदान गरेका थिए ।  

795c9638-b74c-4115-a187-2f7854dca42b

बिर्तामोडबाट प्राणनाथ भवनका सुन्दर साथहरु सहित गएको ¥याली सदगुरु भवन भद्रपुरमा पुगे पश्चात समिति तथा सुन्दर साथले उनीहरुलाई स्वागत गरेका थिए । 

final parnami

सत्संग भवन बिर्तामोडका उपाध्यक्ष ऋषिराज थपलिया–युवा परिषद प्रा.स.अध्यक्ष खगेन्द्र कुंवर तथा सद्गुरु सामुदायिक सत्संग भवन भद्रपुरका अध्यक्ष बेनुप सिटौला बिच श्रीमुख वाणी सहित प्रेमको चिनो साटासाट गरिएको थियो ।

59cf1371-e9c1-445c-aa55-dc6fc15c305c

उक्त कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका सल्लाहकार चरण ढुंगाना धुलाबारी मन्दिरकी सुचित्रा माताजी , युवा परिषद नेपालका सदस्य मदन अधिकारी, कोशी प्रदेश अध्यक्ष अनिल ढुंगाना झापा  अध्यक्ष टहलदास ओली, बाइजुराज महिला समिति झापा अध्यक्ष मिरा अधिकारी ओलीले शुभकामना मन्तव्य राखेका थिए ।  सदगुरु भवन भद्रपुरका अध्यक्ष बेनुप सिटौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन भवनका उपाध्यक्ष नारायण प्याकुरेलले गरेका थिए । 

a4cf77c5-52c7-49fc-a0a7-0f4c8d8b7f99

उक्त कार्यक्रममा युवा परिषद कोशी प्रदेश कोषाध्यक्ष दिपक सिवाकोटी ,सदस्य नवीन सापकोटा, प्राणनाथ भवन बिर्तामोडकी संरक्षक लक्ष्मी पाठक,सल्लाहकार प्रकाश उप्रेती,सचीव मनोज बजगाई,समाजसेवी कृष्ण ढकाल युवा परिषद चारपानेका अध्यक्ष बासुदेव पाण्डे

, प्राणनाथ भवनका उपाध्यक्ष लय कडरिया , बाइजुराज महिला समिति झापाकि सदस्य मनिता बजगाइ,सीता सापकोटा,प्राणनाथ बाइजुराज इकाई समितिकि सचिव रेखा कडरिया सहित सदगुरु भवन भद्रपुर तथा प्राणनाथ भवन बिर्तामोडका संचालक समिति बाइजुराज युवा परिषद लगायत सुन्दर साथहरुको उपस्थिति रहेको थियो ।