बिर्तामोड । 

बिर्तामोड ५ स्थित धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले त्यस्तै यस आर्थिक बर्षमा ३५ लाख ४९ हजार २४३ रुपैयाँ  नाफा गरेको छ । 

आज संस्थाको बिर्तामोडमा आयोजित १६ औं बार्षिक साधारणसभाका अवसरमा सो कुरा जानकारी दिइएको हो ।  संस्थामा आर्थिक बर्ष २०७९÷८० सम्ममा १२ हजार ७९५ जना शेयर सदस्य रहेको तथा  संस्थाको शेयरपुँजी ६ करोड १८ लाख १८ हजार ४०० रुपैयाँ रहेको संस्थाका अध्यक्ष कृष्ण पौडेलले कार्यक्रममा जानकारी दिए ।  

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता तथा बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाल प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाले  उत्कृष्ट सेवा केन्द्र, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणि र उत्कृष्ट बचतकर्तालाई सम्मानसहित पुरस्कृत गरेको छ ।  

6989

संस्थाले  सिस्ने सेवा केन्द्र  प्रमुख मनिष आचार्य,  सेवाकेन्द्र कर्मचारी, बिर्तामोड सेवा केन्द्रकी सकुन्तला चौधरी, गोलधाप सेवा केन्द्रकी तारादेबी ढकाल, जयपुर सेवा केन्द्रकी नर्वदा खड्का र उषादेबी राईलाई सम्मानसहित पुरस्कृत गरेको छ । 

त्यस्तै उत्कृष्ट बचत कर्ताका रुपमा उपेन्द्र साह, अनिता श्रेष्ठ, श्यामकुमार तामाङ, कल्पना बस्नेत, निशान तामाङ, तीलमाया पौडेल, इन्दिरा घिमिरे, अस्मिता सिग्देल, दिपा गड्तौला, भक्तबहादुर सुनुवार र कमला प्रधानलाई संस्थाले सम्मान गरेको छ ।  

susil

त्यसैगरी संस्थाले  लक्ष्मी श्रेष्ठ, निरबहादुर थापामगर, नरेन्द्रकुमार लिम्बु, नेत्रबहादुर विश्वकर्मा, तर्कराज लिम्बु, दिपक शिवाकोटी, अञ्जु गुरुङ, बेगम कार्की, चन्द्रकला बर्देवा र हरि श्रेष्ठलाई उत्कृष्ट ऋणिको रुपमा सम्मान गरेको छ ।  

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष पौडेलले  सञ्चालकहरुलाई ऋण नदिने निर्णय गरिएको बताए । सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सञ्चालक सदस्यलाई ऋण नदिने प्रस्ताव पारित गरिएको उनले बताए । 

संस्थाको दीगो विकास र निरन्तरताका लागि संस्थाको बिभिन्न जिम्मेवारीमा रहने पदाधिकारी तथा सञ्चालक सदस्यले संस्थाबाट कुनै पनि किसिमको ऋण नपाउने निर्णय संस्थाले  गरेको अध्यक्ष  पौडेलको भनाई छ । 

संस्थाका सञ्चालक समिति सदस्य सुशिल दाहालले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि दाहाल, हल्दिबारी १ का पूर्व वडाध्यक्ष त्रिलोचन सापकोटा लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव किशोर भट्टराईले गरेका थिए । 

त्यस्तै सोही कार्यक्रमका बिच संस्थाको निर्विरोध निर्वाचित नयां कार्य समितिलाई सपथ ग्रहण तथा पदहस्तान्तरण समेत गरिएको छ ।