भद्रपुर :
झापा जिल्लाको कमाण्ड सम्हाल्न हालै आइपुगेका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले झापा जिल्लालाई सेवा प्रवाहमा जनमैत्री बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
तीन दिन अगाडि मात्र झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा आइपुगेका बाँस्तोलाले झापाली सञ्चारकर्मीहरूसंगको भेटघाटमा सरकारी कार्यालयको सेवा प्रवाह चुस्तदुरूस्त बनाउँदै जनमैत्री बनाउने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
बाँस्तोलाले भारतसंग खुल्ला सिमाना रहेको यस जिल्लामा हुने गरेका चोरी, तस्करी, भ्रष्टाचार, कालावजारी तथा नियम विपरितका सवै गतिविधि नियन्त्रणमा विशेष ध्यान राख्ने बताए । उनी पाल्पाबाट झापा आएका हुन् ।