बिर्तामोड

 बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले नेपाल पत्रकार महासंघ झापा शाखालाई ५० थान कुर्सी प्रदान गरेका छन् ।

न्यौपानेले आज शनिबार बिर्तामोडस्थित महासंघको कार्यालयमा पुगेर कुर्सी हस्तान्तरण गरेका हुन् । महासंघको कार्यालयमा पत्रकारहरुको क्षमता वृद्धि लगायतका कार्यक्रमका लागि विभिन्न सामग्री अभाव भएको बेला न्यौपानेले उक्त सहयोग गरेको महासंघ झापाले जनाएको छ ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीले ५० थान कुर्सी प्रदान गरेकोमा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष न्यौपानेलाई धन्यवाद ज्ञापन गरे । न्यौपानेले समाज परिवर्तनका लागि अहोरात्र खट्ने सञ्चारकर्मीको हितमा  सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै पत्रकारहरुको छाता संस्था महासंघलाई आवश्यक सामग्री सहयोग गर्न अन्य दातालाई पनि आग्रह गरेका छन् ।

बिर्तामोड निवासी न्यौपाने तीन दशकदेखि व्यवसायिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल छन् ।