झापाको बिर्तामोड २ स्थित चारपोनमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १५ अर्ब नाघेको छ ।
आर्थिक वर्ष २०८० को मंसिर मसान्तसम्म साकोसको कुल सम्पत्ति १५ अर्ब ५४ करोड ९३ लाख ३७ हजार ३ सय २६ रुपैँया पुगेको हो । संस्थाले मंसिर मसान्त सम्मको वित्तिय विवरण सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस अवधिमा संस्थाको शेयर पुँजी १ अर्ब ६६ करोड २ लाख ८६ हजार ४ सय रुपैयाँ छ भने कुल बचत ११ अर्ब ७२ करोड २३ लाख ८८ हजार ७ सय ८८ रुपैयाँ रहेको छ ।
संस्थाको जगेडा कोषमा १ अर्ब २३ करोड ६३ लाख ८९ हजार ४ सय ९० रुपैयाँ रहेको संस्थाको कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी र निर्देशक लक्ष्मण खतिवडाद्धारा प्रेसीत विवरणमा उल्लेख छ ।
कुल १० अर्ब ७९ करोड २६ लाख ८६ हजार ८ सय ४१ रुपैँया ऋण लगानी गरेको सहकारी संस्थामा १ लाख ६१ हजार १ सय ४२ जना शेयर सदस्य रहेका छन् ।
त्यस्तै संस्थाको कुल संस्थागत पूंजी १ अर्ब २७ करोड ३३ लाख ४५ हजार ८ सय ३६ रुपैंया, तरलता रकम ३ अर्ब ४६ करोड ९ लाख ६८ हजार ३ सय २० रुपैंया रहेको छ । संस्थामा हाल २९.५२ प्रतिशत तरलता रहेको छ । त्यस्तै संस्थाले बाह्रय ऋण शुन्यमा झारेको छ ।
आर्थिक कारोबार र सदस्य सङ्ख्याका आधारमा देशकै ठूलो सहकारी संस्थाको रुपमा रहेको सहाराले बिषम परिस्थितिमा पनि उल्लेखिय कारोबारसंगै बित्तिय प्रणालीमा सुधार गरेको हो ।
मुलुकको वित्तीय क्षेत्रमा आर्थिक सङ्कुचन र तरलता अभावको समस्या देखा परेको भए पनि हाल सम्म सहारा नेपालको वित्तीय प्रगति धेरै राम्रो रहेको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले बताए ।
मुलुककै ठूलो मात्र नभएर नमुना सहकारी संस्थामा विकास भएको सहाराले आर्थिक , सामाजिक सहित अन्य बिभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।