शनिश्चरे ।
अन्तर पालिकास्तरीय लिग नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन बनेको अर्जुनधारा नगरपालिकाको टिमलाई नगदसहित सम्मान गरिएको छ ।
हालै भद्रपुर स्थित चन्द्रगढीमा झापा भद्रपुर गोल्डकपको आयोजनामा भएको प्रतियोगिताको उपाधि जित्ने खेलाडी तथा अफिसियललाई आइतबार आज अर्जुनधारा नगरपालिकाले नगदसहित सम्मान गरेको हो ।
नगर प्रमुख बलदेव सिंह गोम्देनले आफूले उद्घोष गरेअनुसार नगदसहित खेलाडीलाई सम्मान गरिएको जानकारी दिए । उनले खेलकुदमा अब्बल सावित भएको अर्जुनधाराले अब पालिकास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा समेत गरेका छन् ।
बुद्धशान्तिलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै अर्जुनधाराले उपाधि हात पारेको थियो ।
प्रतियोगिताको उपाधि उचाल्दै अर्जुनधाराले नगद ३ लाखसहति ट्रफी पाएको हो । कार्यक्रममा नगर प्रमुखसँगै उपप्रमुख, वडाध्यक्ष, नगर सभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखलगायतले खेलाडीहरुलाई नगदसहित सम्मान गरेका थिए ।