बिर्तामोड : झापाको बिर्तामोडमा सञ्चालित मनमोहन सामुदायिक अस्पतालमा हिजोदेखि भइरहेको तनाब साम्य भएको छ ।
अस्पतालको लापारवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै मृतकका आफन्त तथा समर्थकले हिजादेखि अस्पतालमा नारावाजी गर्दै आएका थिए ।
मृतकका छोराछोरीलाई शिक्षादिक्षा दिने सहमति जुटेपछि उत्पन्न समस्या समाधान भएको जनाइएको छ । मृतकका छोराछोरीलाई कक्षा १२ सम्म अस्पतालले अध्ययन गराउने, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा घटनाका बिषयमा उच्चस्तरीय छनविन समिति बनाउने अस्पताल प्रशासन र परीवार बिच सहमति भए पश्चात तनाब साम्य भएको मृतकका भाञ्जा भवानीप्रसाद दंगालले बताएका छन् ।
पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ घरभई स्थाई रुपमा बिर्तामोड–९ नडियाबारी बस्दै आएकी नर्वदा बास्कोटा घिमिरेको उपचारका क्रममा अस्पतालमा हिजो बेलुका साँझ मृत्यु भएको परिवारले जनाएका छन् ।
उपचारमा लापरबाहीका कारण विरामीको मृत्यु भएको आरोप लगाउदैं विरामी पक्षले उपचारका संलग्नमाथि कारबाहीको माग गरेर आज दिनभर अस्पतालमा नाराबाजी गर्नुका साथै अस्पताल तोडफोड गरेका थिए ।
खुट्टा सुन्निएर सोमवार विहान ८ः३० बजे उपचारका लागि अट्टोमा चडेर आफै अस्पताल भर्ना भएकी नर्वदालाई साँझ ५ः३० मा चिकित्सकले मृत घोषणा गरेको मृतकका अर्का भान्जा युवराज घिमिरेले जानकारी दिए ।