लक्ष्मीपुर ।

झापाको अर्जुनधारा नगरपालिका  ५ स्थित बिहीवारे बजारमा आजबाट श्रीमद् स्कन्ध महापुराण सुरु भएको छ । श्री नवदुर्गा पञ्चायनतन मन्दिरमा  आयोजित १९ औ अनुष्ठान तथा १८ औं महापुराणको उद्घघाटन आज एक कार्यक्रमकाबिच मङ्लबार एक कार्यक्रमकाबिच अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन उद्घाटन गरेका छन् ।  

मुल आयोजक समितिका संयोजक तथा मन्दिर समितिका अध्यक्ष छबिलाल लम्सालको अध्यक्षता तथा  नगर प्रमुख गोम्देनको  प्रमुख आतिथ्यतामा उद्धघाटन कार्यक्रम सम्पन्न भएको थियो ।  

महापुराणको प्रमुख बाचकका रुपमा पण्डीत छन्दुराम भण्डारी रहेका छन् भने उपबाचकका रुपमा पण्डीत पुरुषेत्तम गजुरेल, पण्डीत लक्ष्मीप्रसाद पोखरेल, पण्डीत भक्तिप्रसाद घिमिरे र पण्डीत भरत अधिकारी रहेका छन् । 

उद्घानका अवसरमा १०८ क्लशका साथ शोभायात्रा गरिएको थियो ।  पुराणलाई सफल तथा उक्त महापुराणबाट रकम बचत भए त्यसलाई मन्दिरको अक्षयकोष बृद्धि गरिने अध्यक्ष लम्सालले जानकारी दिए ।   

स्वागत मन्दिर समितिका वरिष्ठ उपाध्यक्ष एलबहादुर गिरीले स्वागत गरेको कार्यक्रमलाई मन्दिर समिति सदस्य तेजकुमार गिरी र रुद्र ओलीले संयुक्त रुपमा सञ्चालन गरेका थिए । 

सोही कार्यक्रमका बिच दुर्गा हरिहर कीर्तन समुह अर्जुनधारा–५ ले तयार पारेको ‘भजन संग्रह’ पुस्तकको समेत लोकापर्ण गरिएको थियो । 

संस्कार संस्कृतिको संरक्षण गरौं भन्ने मुल नाराका साथ मन्दिर समितिका संस्थापक अर्जुन रेग्मीको लेखन तथा खोजसहित तयार पारेको भजन संग्रह महापुराणका प्रमुख बाचक पण्डीत छन्दुराम भण्डारीले लोकापर्ण गरेका थिए ।