ओली वंश समन्वय समिति झापाले १४औ साधरण सभाको अवसर पारेर ज्येष्ठ आमा –वुवाहरुलाइ सम्मान गरेको छ । मगंलवार समितीले झापाको मेची नगर स्थित  जोरसिमलमा उनीहरुलाई सम्मान गरेको हो । साथै  ओलीहरुले संयुक्त रुपमा सामुहिक गोठधुप कार्यक्रम समेत गरेका थिए । 

 समितीका झापा अध्यक्ष भवानी ओलीको अध्यक्षतामा  आयोजित कार्यक्रममा ज्येष्ठ  विर्तामोड २ का कृष्ण प्रसाद ओली  तथा विर्तामोड ३ का पुन्यमाया ओली लाई सम्मान गरेको हो ।  त्यसैगरी एसइइ मा ओली वंशबाट उत्कृष्ट जिपिए ल्याउने सामुदायिक विद्यालयबाट सौरव ओली, जेशिका ओली र निजी विद्यालय तर्फ युनिस ओली र मार्सिया ओली त्यसैगरी कक्षा १२ मा उत्कृष्ट जिपिए अकं ल्याउने  प्रमिका ओली र प्रवेश ओली लाई नगद पुरस्कार सहित पंशसा पत्र द्धारा सम्मान गरिएको थियो ।

ओली वंश केन्द्रिय कार्य समितिका अध्यक्ष उमेश चन्द्र ओलीको प्रमुख आथित्यतामा आयोजित साधरण सभा समितिका सरक्षंक नारायण ओली,पुर्व अध्यक्ष सरोज ओली , महासचिव  मोहन ओली, रुद्र गौरी अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओलीले  लगायतले मनतब्य राखेका थिए । 

झापा अध्यक्ष भवानी ओलीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको साधरण सभामा कोषाध्यक्षको आर्थिक प्रतिवेदन  यादव कुमार ओलीले प्रस्तुत गरेका थिए ।