बिर्तामोड :
बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा अर्जुनकुमार मैनालीलाई उम्मेदवारको रुपमा घोषणा गरिएको छ ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले युवा व्यवसायी मैनालीलाई संघको अध्यक्षमा उमेद्वार घोषणा गरेको हो । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा आज आयोजित बृहत विस्तारित भेलामा अध्यक्षको उम्मेदवार रुपमा मैनालीलाई अघि सारीएको हो । मैनाली संघका वर्तमान महासचिव हुन् ।
मैनालीको नेतृत्वमा चुनावी तयारी थालिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीका अध्यक्ष युवराज निरौलाले बताए । संघको अरु पदमा भने उमेद्वार घोषणा गर्न बाँकी छ ।
अध्यक्षका उम्मेदवार मैनालीले व्यवसायीको हितमा काम गरेर वाणिज्य संघप्रति विश्वासको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अघिल्लो चुनावमा महासचिवमा संयुक्त प्यानलका अर्जुनकुमार मैनालीले लोकतान्त्रिकका रविन्द्र भट्टराईललाई २६ मतले पराजित गरेका थिए । मैनालीले एक हजार ८४३ मत प्राप्त गरेका थिए । संघको निर्वाचन फागुन १४ गते हुने छ ।