बिर्तामोड : नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले अपाङ्गता भएका व्यक्तिलाई कृत्रिम हात खुट्टा वितरण गरेको छ ।  नारायण सेवा संस्थान उदयपुर भारतको प्राविधिक सहयोग , युवा संगठनको आयोजना तथा मारवाडी युवा मञ्च बिर्तामोडका समन्वयमा एक समारोहका बिच गत सोमबार बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिलाई कृत्रिम खुट्टा वितरण गरिएको हो । 

विभिन्न कारणले अपाङ्गता भएका, अशक्त भएका ७३ जनालाई कृत्रिम हात, खुट्टा तथा सहयोगी सामग्री वितरण गरिएको कार्यक्रमका संयोजक रिषभ मित्तलले जानकारी दिए । जस मध्ये ४५ जनालाई कृत्रिम खुट्टा र २० जनालाई कृत्रिम हात्त वितरण गरिएको हो । 

आर्थिक रूपमा विपन्न व्यक्तिलाई कृत्रिम हात्त र खुट्टा वितरण गरिएको उनले बताए ।  

संयोजक मित्तलका अनुसार गत भदौ २२ गते बिर्तामोडमा निशुल्क कृत्रिम हातखुट्टा वितरण गर्न नापजाँच शिविरको आयोजना गरिएको थियो । 

af9a38f9-29bb-4dec-9e1f-9fc9cf63455c

मरवाडी युवा मञ्च बिर्तामोडका अध्यक्ष टेकेन्द्र अग्रवालको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा करीब ११ लाख मुल्य बराबरको कृत्रिम हातखुट्टा वितरण गरिएको नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका क्षेत्रीय सभापति दिपक मित्तलले जानकारी दिए । 

8df1790a-6fdf-4257-babd-cf5cc07e1cf5

त्यस्तै उद्धघाटन समारोहमा मारवाडी युवा संगठनका केन्द्रिय अध्यक्ष मनोज अग्रवाल, नारायण सेवा संस्थानका कृत्रिम अंग वितरण कार्यक्रमका संयोजक हरिप्रसाद लोदा, युवा संगठनका महासचिव बिनित बेटिवाल, बरिष्ठ उपाध्यक्ष गोपाल अग्रवाल, केन्द्रिय सदस्य हेमन्त सुराना, ललित अग्रवाल , राष्ट्रिय संयोजक यज्ञराज अग्रवाल लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि कार्की सहित मारवाडी सेवा समिति संस्थापक अध्यक्ष बेदप्रकाश अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रिय सचिव उमेश डालमिया, अग्रसन भवन अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरे लगायतले शुभकामना मनतब्य राखेका थिए । 

कार्यक्रमको सञ्चालन नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका क्षेत्रीय सभापति दिपक मित्तलले गरेका थिए । त्यस्तै सोहि कार्यक्रममा गत २०७९ सालको एसइइमा उत्कृष्ट अंक ल्याउने ९ जना मारवाडी समुदायका विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।