एक्सेल डेभलपमेन्ट बैंकले  जिल्ला ट्राफिक कार्यालय झापालाई ट्राफिक सांकेतिक चिन्ह अंकित बोर्ड र पोल हस्तान्तरण गरेको छ । 

बुधबार एक संक्षिप्त कार्यक्रकाबिच बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा प्रहरी  प्रमुख नवराज न्यौपानेलाई ट्राफिक सांकेतिक चिन्ह अंकित बोर्ड हस्तान्तरण गरेको हो ।

414678990_402944568915719_9204105070827678364_n

सवारी दुर्घटना न्यूनिकरणको लागि बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै ट्राफिक सांकेतिक चिन्ह अंकित बोर्ड प्रहरीलाई प्रदान गरेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले जानकारी दिए । 

ट्राफिक नियम पालना गरेर मात्र यात्रा गर्न सबै यात्रु तथा सवारी साधन चालकहरुले ध्यान दिनुपर्ने बताउंदै ट्राफिक प्रहरी प्रमुख न्यौपानेले बैंकबाट प्राप्त सामाग्रीले दुर्घटना न्यूनिकरणमा सहयोग  पुग्ने  बताए । 

तिब्र शहरीकरणतर्फ उन्नमुख बिर्तामोड बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहयोग पुगोस भनेर सहयोग गरिएको बैंकका मार्केटिङ बिभागका अधिकृत गजेन्द्र ढकालले बताए ।  

पछिल्लो समय झापामा सवारी सङ्ख्यामा बृद्धिसंगै बढ्दो सहरीकरणका कारण सडक दुर्घटनाम बढ्दै जान थालेको छ ।