मेचीनगर : झापाको बिर्तामोड २ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले  मेचीनगरको दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री र जाडोको न्यानो कपडा(ट्याकट सुट) वितरण गरेको छ । 

आज शुक्रबार एक कार्यक्रमकाबिच साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, निर्देशक लक्ष्मण खतिवडा, उप–निर्देशक दिनेशबहादुर निरौला लगायतले विद्यार्थीलाई शैक्षिक सामाग्री र कपडा वितरण गरेका हुन् । 

सहाराले मेचीनगर १ स्थित देवि प्राबिका ४२ जना र मेचीनगर ४ स्थित दिपेन्द्र प्राबिका ८४ जना विद्यार्थीलाई सहयोग गरेको हो । 

सामुदायिक विद्यालयको खस्कदो शैक्षिक गुणस्तर सुधारकालागि साकोसले सहयोग गरेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए । 

78 sahara pic

उनले सामाजिक उत्तरदायित्व अन्तरगत बर्षेनी बिभिन्न काम संस्थाले गर्दै आएको पनि बताए । विपन्न समुदायका बालबालिका अध्ययन गर्ने दिपेन्द्र प्रा.वि.को भौतिक पुर्वाधारकालागि संस्थाले केहि सहयोग गरेर नमुना विद्यालय बनाउने उनले आश्वासन दिएका छन् । 

साथै कार्यकारी प्रमुख गिरीले  बाहुनडांगीको जैविक विविधता तथा मौलिकताको संरक्षण , पर्यटन व्यवसायमा बृद्धि गर्दै स्थानीयको आय आर्जनको बाटो बढाउन सहयोग पु¥याउने बताए ।  

WhatsApp Image 2023-12-29 at 07.16.21

हाल विद्यालयका कतीपय कक्षा  कोठामा झ्याल नभएको र बर्खाको समयमा छानाबाट पानी चुहिने समस्याले गर्दा विद्यार्थीले कठिनाई भोग्दै आएको विद्यालयकी प्रधानाध्यापक शान्ता निरौलाले बताइन् । उनले धेरै दुःखका साथ विद्यार्थीले पढ्दै आएको बताइन् । 

WhatsApp Image 2023-12-29 at 07.16.22

साथै उनले सहारा सहकारी बालबालिकाको सहारा बनेर आएको भन्दै खुसी ब्यक्त गरिन । जाडोको समयमा न्यानो कपडाको अभावमा विद्यालय आउने विद्यार्थीको सङ्ख्या घटिरहेको अवस्थामा सहाराले गरेको सहयोगले विद्यालय आउने विद्यार्थीको सङ्ख्यामा बृद्धि हुने बताइन । 

WhatsApp Image 2023-12-29 at 07.16.03

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि मेचिनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीले पनि सहाराले गरेको सहयोग प्रति खुसी ब्यक्त गरे । 

स्थानीय सरकारसंग समन्वय गर्दै साकोसले विद्यालयको गुणस्तर सुधारकालागि गरेको सहयोग अतुलनीय भएको बताए । उनले सहारासंगको सहकार्यमा मेचिनगर ४ लाई नमुना वडाको रुपमा अघि बढाइने लक्ष्य रहेको सुनाए । 

संस्थाले शैक्षिक सामाग्री अन्तरगत कपी, पेन्सिल, इरेजर, कटर, कलर पेन्सिल र बिद्यालयको युनिफर्म (ट्याकसुट) वितरण गरिएको संस्थाका  उप–विभागीय प्रमुख गोपाल भट्टराईले जानकारी दिए ।