बिर्तामोड । 

शिक्षासेवी स्व.हरिकुमार प्रसाईको बार्षिक पुण्य तिथिको अवसर पारेर महापुराण लगाइएको छ । सव. प्रसाई तथा शाण्डिल्य गोत्रिय पितृहरुको मोक्ष प्राप्तिको कामना गर्दै प्रसाई परिवारले महापुराण आयोजना गरेका हुन् । 

स्व. प्रसाई न्यूटन्स एजुकेशन एकाडेमीका संस्थापक हुन् । 

 बिर्तामोड–५ निवासी प्रसाई परिवारले गत पौष ८ देखि १४ गतेसम्म  श्रीमद्भागवत सप्ताह महापुराणको आयोजना गरेको स्व. प्रसाईकी धर्मपत्नी धर्मा प्रसाईले जानकारी दिइन् । 

पुराण भोली शनिबार समापन हुंदैछ । महापुराणमा प्रमुख कथा बाचक आचार्य पं. कमल रिजालबाट संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको कथा प्रवचन र केशव रिजालबाट श्रीमद्भागवत मुल पाठ पारायण भइरहेको न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देबेन्द्र हुमागाईले जानकारी दिए ।